Untitled Document
Untitled Document

पाण्डवको पत्ता नपाई, दूत फिरी गौ हर्न गई, दक्षिणतर्फ सुशर्मो लडाइँ

बोले सभाबिच सुयोधन चूकि बेला ।
क्यै हुन्न गुप्त सकि पाण्डव पारि फेला ।।
सूनी सभासद थियो सब ताहिँ चूप ।
श्रीद्रोण् कहे धरमशास्त्र विचारि खूप ।। ५९ ।।

यूधिष्ठिरै भननू बात उ पोल्छ राप ।
जानी सभाबिच नभन्नु पनि छ पाप ।।
यो अर्थ भन्दछु भनी अनि भीष्म द्रोण ।
पैचान् बताउनु भयो उहि हुन्छ जौन ।। ६० ।।

यूधिष्ठिरै नृपति छन् देशमाहाँ ।
दिन्छन् नि गाइ दुध धेर् फल फल्छ ताहाँ ।।
बर्सन्छ पानि समयै नबिताइ हेर ।
लक्षण् हुनेछ यसतो भनि बात धेरे ।। ६१ ।।

यो बात् सुनेर गुरुको गहि खूब सल्ल्हा ।
चालाक दूत खटिए नगरेर हल्ला ।।
चारौँ तरफ् दुत पठाइ सुयोधनैले ।
हेरे पहाड् वन गुफा सहरै सबैले ।। ६२ ।।

खोजे घुमीघुमि तथापि नलागि थाहा ।
फिर्दा भए दुत रिँगीरिँगि डिल्लिमाहाँ ।।
विन्ती गरे सब ति पाण्डव खोजि आयौँ ।
मिल्थ्यो पता भय त प्राण् दुर देश धायौँ ।। ६३ ।।

पाण्डव् मिलेन रति सूचन भै अधीर ।
बुझ्छौँ मरे कि तिनि ता दुख पाइ पीर ।।
एक् बात मत्स्यपुरिमा सनियो विचित्र ।
हल्ला थियो किचकको वध पूरभित्र ।। ६४ ।।

सूनी सुयोधन करण् र सुशर्म सङ्मा ।
बात्चीत् गरे वध गर्यो कुन रीस जङ्मा ।।
सक्दैनथ्यो किचक बल् पनि कोहि झार्न ।
गक्षण् गरे ति भिमको तहिँ काम मार्न ।। ६५ ।।

पाण्डव् भए बुझियला गरि चालजाल ।
येदी नभे सहज गौ हरि ल्याउँ माल ।।
यो बात् सुनी ठिक गरे रण गर्नलाई ।
सेना हिँड्यो बहुत फेर हुकुम पाई ।। ६६ ।।

बाटो भयो उडि धुलो अति खुप् अँध्यारो ।
पार्यो श्रिसूर्य किरणै पनि छापि गह्रो ।।
रण् साजबाजहरुको गरि शब्द धेर ।
खूब् सिंहनाद् गरि चले नृप बेरबेर ।। ६७ ।।

राजा कलिङ्ग नृपती भगदत्त फेरि ।
कम्बोजधीश भिषमै तहिँ द्रोण घेरी ।।
दुर्योधनादि सय भाइ शकूनि कर्ण ।
धेरै श्रि राजन गए गउलाई हर्ण ।। ६८ ।।

दीशा दिशा गइ बसे सब भूप वाहाँ ।
दक्षिण्तरफ् अघि थियो रण ठीक ताहाँ ।।
मारे पुगेर पकडी अनि धेर् गुठाला ।
हर्दा भए गउ सुशर्म भएर ज्वाला ।। ६९ ।।

झट्टै गए खबर ली सहदेव जागी ।
बोले विराट्सँग हर्यो गउ आइ बागी ।।
आयो सुशर्म नृपती लिइ फैज् अथाहा ।
हिड्नोस् छुटाउन गऊ रण गर्न वाहाँ ।। ७० ।।

सम्झे किचक्कन सुनी गरि शोक धेर ।
छुट्ला कसो गरि गऊ भनि बेरबेर ।।
भाई र पुत्र विर फौजहरू बटोले ।
बाजा बजाइ रणमा सब जाइ हेले ।। ७१ ।।

दूवै तरफ् विर भिडे खुप मूरमुरी ।
काट्मार् गरे बहुत धेर् तहिँ सूरि सूरि ।।
देखी सुशर्म नृपको अति क्रोध जाग्यो ।
झम्टे ति सिंहसरि नै डरि फौज भाग्या ।। ७२ ।।

वीराट् कुमार् अनि लिए शर हात शङ्ख ।
हाने ति जोड् गरि घुस्यो दिइ खूब डङ्क ।।
सङ्ग्राम् अघो्सित भायो तहिँ काटमार ।
अर्जून बाहिक थिए अरु भाइ चार ।। ७३ ।।

पाँच् शङ्खले अनि गरे तहिँ बाण् प्रहार ।
काटे सुशर्म शर त्यो भुस पारि झार ।।
हाने कुमारकन शर् तिनि बज्रधार ।
मूर्छा भए शर गड्यो भइ अन्धकार ।। ७४ ।।

जुक्ती गरेर रथ सो रथिले हटायो ।
सङ्ग्रामका अनि पछी रथलाई ल्यायो ।।
रीस्ले विराट् नृपले सय लीइ बाण् ।
हाने ति एक् पटकमा गरनै त घान ।। ७५ ।।

क्रोध् आइ बाण् अनि चलायर फेर् सुशर्मा ।
त्यो बाण काट्दिइ लिए ति पचीस हात्मा ।।
हाने विराटकन घाउ भएर आङ्मा ।
मूर्छा परे सहन मुस्किल भै समर्मा ।। ७६ ।।

राखेर बाँधि रथमा तिनिलाई झट्ट ।
कस्दा भए नृप सुशर्म भएर मस्त ।।
हाने ति बाण् फउजको खुब शङ्ख फूकी ।
भाग्दो भयो फउज फेर तहाँ नरूकी ।। ७७ ।।

जीत् भो भनीकन विराटजिलाई बाँधी ।
हीँडे गऊधन हरी सबलाई खाँदी ।।
देखी युधिष्ठिरजिले मनभो भरङ्ग ।
ठूलो पित् दिन कट्यो भनि यीनिसङ्ग ।। ७८ ।।

तीन् भाइको भननुभो सुन हेर हाइ ।
जस्को कृपा भइ बित्यो दिन दुःखदाइ ।।
उन्लाइ सामु अरिले खुब बाँधि लीयो ।
लैजान तत्पर भई सनताप दीयो ।। ७९ ।।

लौ जाउ भाइ तिमिहेरु छुटाउ झट्ट ।
उन्मत्त शत्रुहरुको अब पार कट्ट ।।
हूकुम् युधिष्ठिरजिको सुनि जल्दि जाई ।
लल्कार्गरे रहु भनी ति सुशर्मलाई ।। ८० ।।

पौँची त्रिगर्त विर धेर् तिन भाई मारे ।
फीर्यो विराट् फउज फेर सचेत पारे ।।
हात्ती महाँ जसरि झम्टछ सिंह फेरी ।
आए सुशर्म ललकार सुनी नटेरी ।। ८१ ।।

झम्टे रणस्थलमहाँ लडि खूब घरी ।
देख्नेहरू चकित भो खुब हेरिहेरी ।।
अस्त्रै र शस्त्र पहिले लडि धेरे क्रुद्ध ।
धर्मानुसार्पछि लडे तहिँ मल्ल युद्ध ।। ८२ ।।

त्यो मल्ल युद्ध भिमसेन सुशर्म वीर ।
लड्थे ति घात् गरिगरी खुब ताकि धीर ।।
हान्थे मुठी ति कहिले खिचि तानितानी ।
मार्थे ति लात कहिले दुगुरेर हानी ।। ८३ ।।

कैल्है पछारि झटपट् अनि फेर ऊठी ।
हिँड्थे ति रीस् उठिउठी कर खूब् निमूठी ।।
मन्तीर परि कहिले तिनि खाँदिखाँदी ।
च्याप्थे ति चित् गरुँ भन बल लाई ज्यादी ।। ८४ ।।

हेरेर दाउ सँभली झन उल्टि हात ।
मार्थे ति मुट्कि कहिले चुर पार्न गाथ ।।
यै रीत् लडीडि सुशर्म बहूत थाके ।
बल् कम् बुझेर भिमसेन् झन खूब राँके ।। ८५ ।।

जोर्ले पछाडि उठि फेर सुशर्म भागे ।
क्रोध् आइ दौडि भिमसेन् पुगि खूब जागे ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित