Untitled Document
Untitled Document

सभा तयार, राजसूय यज्ञ, जरासन्ध र शिशुपालको वध

खाण्डव् दग्ध गरी ति पाण्डवहरू बस्थै खुसीमा तहाँ ।
सिल्पैकार बहूत पूर्ण पनि जो दानव् मयैको जहाँ ।।
खाण्डव् दग्ध श्री अर्जुनजिले रक्षा गरेको थियो ।
त्यो कारण् मयलाई कृष्ण प्रभुले आज्ञा पनी बक्सियो ।।१।।

जल्मा थल् थलमा जलै भ्रम हुने पन्ना निलम्ले जडी ।
विन्दूसर्* गइ ल्याइ नौरतनले ठाम्ठाम बुट्टा भरी ।।
सुन्का थाम दीनहेरू मयले काम्दार् तयारी धरी ।
पाण्डवका निमती सभा बनिगयो आश्चर्यलाग्दो गरी ।।२।।

हेरी आँख् नअघाउने पनि तयार् पारे उ बैठक् भइँ ।
सुर्लोक् बाहिक मृत्युलोकभरिमा थीएन काहीँ गई ।।
धूम्धाम्ले त प्रवेश् गरे मय गयो द्वारावतीमा हरि ।
पाल्नू भो यकदिन् उसै भवनमा आनन्दमाहाँ परी ।।३।।

बस्थे श्री नृपती युधिष्ठिर तहाँ त्रीलोक घुम्दै फिरी ।
आई नारदले युधिष्ठिरसँगै बोले ति अम्मृत् सरी ।।
हे राजन् म सभा सबै घुमिघुमी द्यौताहरुको अनि ।
देखेँ राजन धर्मवान अघिका लोकलोक माहाँ पनि ।।४।।

एक् दिन् श्रीयमका पुगेँ म पुरिका तिम्रा पिताले तसै ।
मैलाई समचार् भने उस घडी यो बात् नबिर्सी कसै ।।
सम्चारर् दीनुहवोस् मुने हजुरले राज्सूय यज्ञै गरुन् ।
मेरा निम्ति र बढ्छु स्वर्गतरफै पुत्रैहरू पार् गरुन् ।।५।।

भन्थे राजन सत्य बात् पनि उ हो राजसूय यज्ञै गरी ।
नाऊँ कीर्ति चलाउ हेर तिमिले द्वार् खोलि स्वर्गैपुरी ।।
त्यो यज्ञै सरि छैन सो गर तिमी क्यै जान्न साथमा मरी ।
यो बात् सूनि बहुत् युधिष्ठिरजिले दिल् मञ्जुर् गरी ।।६।।

भेजे कृष्णजिलाई लीन दुत गो सल्लाह खातिर् अनि ।
पाल्नूभैकन कृष्णले हुकुम भो यो यज्ञ गर्दा पनि ।।
नाऊँ कीर्ति हुनेछ लौ तर यहाँ निर्बिघ्न काम् होस् भनी ।
यत्नैवान् हुनुपर्छ यो सुनि लिई बोले युधिष्ठर् अनि ।।७।।

मेरो ता प्रभुदेखि बाहिक अरू सल्लाह लीने पनि ।
क्वै छैनन् जगमा मलाई हितको उप्देश दीने भनी ।।
यस्तो नम्रित बात् युधिष्ठिरजिको कर् जोरि विन्ती सुनी ।
आज्ञा भो प्रभु कृष्णले नृप सबै चाहिन्छ याग्मा पनि ।।८।।

हे राजन् ! पहिले गएर पटना कैदी जरासन्धको ।
राजालाई छुटाउ हुन्छ सुफलै राज्सूय निर्बिघ्नको ।।
मेरो मानिस सम्झि बिघ्न गरला त्यो दुष्टले यज्ञको ।
मित्यारी पनि कंसको सँग हुँदा मार्दा अघी कंसको ।।९।।

साह्रै रीस गरेर आइ मथुरा मार्छू मलाई भानी ।
धेरै बार लड्यो छली बचेँ खूबै क्रोध् अनि ।।
खोदी फेर् मथुरा म फ्याँक्दछु भनी लीयो प्रतिज्ञा पनि ।
सागरका बिच द्वारिका गइ बसेँ भन्ने यि बातै सुनी ।।१०।।

ताहाँ सम्मति दी युधिष्ठिरजिले मार्नै जरासन्ध शेर् ।
हीँडे अर्जुन भीम कृढण पटना प्रख्यात् मगध् देश धेर् ।।
राजा खूब बली मुलुक् मुलुकका जीतेर राजाहरू ।
राखेको कइदी समान् बल कती उस्को त वर्णन् गरूँ ।।११।।

भीम्सेन् अर्जुन कृष्ण पूगि पहिले ब्राम्हण् स्वरूपै लिई ।
ढोका छोड्दिइ चोरझैँ तिनिहरू पर्खाल फोरी गई ।।
धेरै बात गरे जरासुतसँगै सत्कार् पहीले भई ।।
कैदी राजन छोड है नगरी लौ हाम्रो वचन् हित् लिई ।।१२।।

बोले बात् यो जरासुत सुनी चान्चून हुन्थे कहाँ ।
मानेनन् जब बात् तिनीहरु अनी आफ्नू स्वरूप् ली वहाँ ।।
हाँक् दीए भिम मल्ल युद्ध गरनै मैदानमा क्रोध् लिई ।
आए ताहिँ तिनीस जरासुत पनी भीम्सेन साम्ने भई ।।१३।।

जो वीर्ले अघि ता लडाइँहरुमा साम्ने कसैका पनि ।
हारेको त थिएन जुन् सकसले बस्थ्यो काहाँ सोर् सुनी ।।
मत्ता हात्ति झर्इँ दुवै भिडि जमिन् काँप्यो तिनीले धसी ।
पैल्हे ता बुझिलेउ भाइ सबले धर्मैमहाँ ता बसी ।।१४।।

एकाको सङ एकले लडदथे भीम्सेन् जरासन्धले ।
मल्लैयुद्ध गरे लडीलडि तहाँ अस्ताइ श्रीसूर्यले ।।
हुन्थ्यो बन्द लडाइँ येहि रितले दिन् चौध बीतीगयो ।
नाक्दम् भो भिमको जरासुत पनी सुस्ताइ बल् कम् भयो ।।१५।।

थाक्यो यो भनि कृष्णले त इसरा एक् तृण हात्मा लिई ।
चीरे फेर् भिमले उठाइ बलले पक्रेर गोडा दुई ।।
कप्ट्यारासरि दूइ फ्याक शिरतक् पारेर टाँगै चिरी ।
मारे त्यो छलले नहीँ तब भने मर्दैनथ्यो क्यै गरी ।।१६।।

चिल्लायो मरने बखत् भिम पनी गर्जे दुवै स्वर् मिली ।
आकाश् पृथ्वी पातल ढाकि उसले गर्भै खसी गो गली ।।
मारे शत्रु जसै श्रि कृष्णप्रभुले छोरा उसैको तहाँ ।
गद्दी त्यो सहदेवलाई दि तिलक् कैदी फुकाए वहाँ ।।१७।।

राजाहेरु छुटाइ यो हुकुम भो यूधिष्ठिरैका पनि ।
राज्सूयज्ञमहाँ गई तिमि सबै हाजीर हूनू भनी ।।
मान्छौँ विन्ति गरे ति राजनहरू आज्ञा शिरोपर् धरी ।
पट्नाका सहदेव राजन पनी ताहाँ अधीनै गरी ।।१८।।

भीम्सेन् अर्जुन कृष्णजी अनि फिरे फेर् इन्द्रप्रस्थै पुरी ।
आनन्दैसङ तीन चार् दिन वहाँ श्रीकृष्ण विश्राम् गरी ।।
पाल्नूभो प्रभु द्वारिकापुरिमहाँ पाण्डवहरुले तहाँ ।
राज्सूयज्ञ तयारिका निमतिमा कम्बर् कसे काम्महाँ ।।१९।।



प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित