Untitled Document
Untitled Document

विदरले धृतराष्ट्रलाई संसार असारको दृष्टान्त दी वैराग्य

धृतराष्ट्रले सब कहे श्रिविदूरलाई ।
हे भाइ छेड्छ भिमसेन् अझ खूब् मलाई ।।
धेर् भन्छ बात् अति कठोर् हृदयै जलाई ।
बात् सूनि वीदुर कहे मउका मिलाई ।।१४।।

हे दाजु भीमसिनको पनि बात् छ साँचो ।
भूल्भो अघी अब कराउन हुन्छ काँचो ।।
खाएर शूद्र घर लाज नमानि भन्ने ।
उस्तै यहाँ नहुनुहोस हजूर जान्ने ।।१५।।

सुखदुख छ स्वप्नसरि यो जगतै अथाहा ।
यस बातको बुझनुहोस् भनछू कथाहा ।।
वैश्यै हिँड्यो धन लि धेर् यक रोजगार ।
एक्दिन् पुग्यो गइगई वन घोर राह ।।१६।।

श्रीसूर्य डूबनुभयो गइ सिन्धु पारी ।
व्यापारि त्यो रहिगयो वनझोर वारी ।।
आए चोर छवटा तिनि देखि भाग्यो ।
दौड्यो लि प्राण तहिँ भोक थकाइ लाग्यो ।।१७।।

थीएन बस्न कहिँ ग्राम सहर् निशान ।
भाग्दै गयो वणिक वनवन त्यो अजान ।।
फेर् सिंह हात्ति गरजन्छ अघोर चाल ।
काँढा र सर्पहरु छन् वनरूपि जाल ।।१८।।

पार् हूनलाई नसकी मन भो बिहाल ।
फल् पाकि लद्बद भिल्यो यक वृक्ष ताल ।।
आस्ले बस्यो फल नजर् परि खान माल ।
थाप्लोमहाँ फल गिर्यो दिइ चोट ताल ।।१९।।

फेर् देखि मौसर पुगे ठग लुट्न माल ।
खायो उ मार् कुनइँ रीत बचाइ काल ।।
प्रणलाई बूझि भय वनवन फेरि भाग्यो ।
काँढा बिझेर गिरिगो खुब चोट लाग्यो ।।२०।।

उठ्यो नजिक् नजिक आयर फेर् डढेलो ।
दौड्यो बिहोस असलै नबुझेर मेलो ।।
अन्धो इनार्बिच खस्यो अनि खाइ फेलो ।
थीयो तहाँ यक जरा वटावृक्ष बेलो ।।२१।।

पक्री बिचैबिच थियो उसमाथि हाँगा ।
चाका थियो मह चुहेर मऊरि जागा ।।
कालो र श्वेत् दुइ मुसा छन खाइ बेलो ।
काट्छन् जरा सरप मूनि ठुलो छ कालो ।।२२।।

त्यान्द्रो जरा छ तहिँ काटन बाँकि फेरो ।
गीरीगए सरपको मुख पर्छ हेर्यो ।।
तेस्तो दशा छ मह गिर्दछ मूखमाथि ।
स्वाद् लिन्छ ठाँट् गरिगरी तइ खाइ चाटी ।।२३।।

धृतराष्ट्रले सुनि यि बात विदूरसङ्ग ।
गूढ् अर्थ लौ भनन भो मन खूब् झसङ्ग ।।
खोली कहे विदुरले अनि अर्थ फेरि ।
हे दाजु यै छ बुझनोस् सनसार घेरी ।।२४।।

सुन्नोस हो वणिक त्यो जिवरूपि पाश ।
काम् क्रोध मोह ठग चोर् हुन लोभ आश ।।
बीगार् सहायक यि छन् घरबारि पुत्र ।
हुन्छन् विघन् धरमको नबुझेर सूत्र ।।२५।।

डर् जो दिने वणिकको गज बाघ आदि ।
रात् अन्धकार ठग हुन् यिनि इन्द्रियादि ।।
संसार् असार पनि हो वन त्यो अपार ।
स्त्रीलाई नै बुझनुहोस्गिरने इनार ।।२६।।

वट्वृक्षको उहि जरा सरि यो छ आयु ।
चञ्चल् छ द्रव्यहरु भोग् मन घुम्छ वायु ।।
रात्दीन हुन् दुइमुसा उसमा कराल ।
कालो उ सर्प बुझनोस् सब खान्छ काल ।।२७।।

घोडा त इन्द्रिय यि हुन् मनवेग् प्रवाह ।
यो देहरूप रथ भ्रम् परि घुम्छ राह ।।
खूब् रोक्नु सारथि असल् बनि जीव धार ।
बीजूलिझैँ छ प्रभुको भजुँ जान पार ।।२८।।

यो हित् कहेर उपदेश् भरि ज्ञान खान ।
वीदूरको सुनि वचन् अनि धर्मवान ।।
धृतराष्ट्रको उदय भो वइराग्य ज्ञान ।
वन् जान तत्पर भए गरनै त ध्यान ।।२९।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित