यूरोपीय महाभारत

     

श्री
यूरोपीय महाभारत
जर्मनिका लडाइँको सवाई ।
पैल्हो खण्ड

श्री
यूरोपीय महाभारत
दोश्रा खण्ड पूर्वार्द्ध
रूससङ्‌ग्राम्
॥श्री:॥
युरोपीय महाभारत
दोश्रा खण्ड उत्तरार्द्ध
फ्रान्स संग्राम् जर्मन सन्धि ।

जता हेर्‌यो उता ढाकी, बसेका गौरीशंकर ।
गणेशलाई लिइ काखमा, सबैको मङ्गलै गर्छन् ॥ज॥
हर्ने गर्ने सबै भर्ने, उनै ईश्वर् प्रभू नै छन् ।
उनैको शर्णमा पर्दा माया जंजालमा तर्छन् ॥ज॥

सुन सुन भाइ हो- चारौ तर्फ भारी ।
पृथिविमा घेरियको समुन्द्रको पारी ॥
टापुहेरू युरोपमा१ नाना रितका छन् ।
आधा रुस यतातिर यसिया२ कहन्छन् ॥१॥

इनि दुवै देशमुनी, समुन्द्रको तल ।
अम्रिका छ युरोपले, भन्दछन् पाताल ॥
लेखियाको तिनै ठाउँ, सवै पृथ्विभर ।
डगमग सवैलाई, पार्‌यो थरहर ॥२॥

जलथल अन्तरिक्षबासीलाई जाहाँ ।
दु:ख दियो युरोपको, महाभारत ञाहाँ ॥
लड्न पुगे यसियाको, रूस हिन्दुस्थान ।
गोर्षा सर्कार् फौज पुग्यो, चिनिञा जात्-जापान ॥३॥

इनि पनि मद्दत दिइ लडे रूसतिर ।
सारा देस युरोपको, लड्न गयो हेर ॥
अम्रिकाले पछि लड्दा, सन्धि भो तयारी ।
जर्मन अष्ट्रियाले, सर्विया बिउ पारी ॥४॥

खल्ल बल्ल गरीदियो पृथ्विलाई भारी ।
इतिहास केही लेख्छु, लडाञी रस पारी ॥
भन्छु भाई सवाइमा, घोर युद्ध सुन ।
महाभारत्‌पछि यहि, ठुलो युद्ध गुन ॥५॥

नास्दै गयो तेसै देखी, देश हाम्रो देख ।
तस्तै भयो युरोप् भन्छन्, नेताहरू लेख ॥
राज गर्ने ठूलो सानू, इश्वरको खेलै ।
माथि तल पाङ्‌रा घुमे, झञि पार्छन् हेलै ॥६॥

ठूलो राज जर्मन, अष्ट्रियाको मेल ।
हरिलियो बगायर, मित्रमणडल् भेल ॥
महायुद्ध जर्मन धिराज्, कैशरले अनी ।
पैल्हे निहु खोजि लिइ, वोसनियामा पनि ॥७॥

उन्नाइससय चौध जुनको, अठ्ठाइसमाहा ।
प्रिनजेप नाम्‌को ताहाँ, विद्यार्थिले जाहाँ ॥
अष्ट्रियाको युवराजा, आर्चडिउक् फेरी ।
उनकि ता धर्मपत्नि, स्मेत दुवै गरी ॥८॥

सरजिविको गल्लीमा, लियो प्राण मारी ।
जर्मन अष्ट्रियाले, स्वहि आड्का पारी ॥
युरोपमा खुट्टा हाली, जमिन बढउन ।
इच्छा थियो अष्ट्रियाको पैल्हे देखि मन ॥९॥

सर्वियाको बलदेखी, रिस धेर क्रोध ।
खुव बढि मत्त थियो, दिलमा अबोध ॥
जर्मन पनि दिल महाँ, आर्लेण्ड लन्डन् ।
घरको जुद्धदेखि ताहाँ, गर्न कस्ले सक्छन् ॥१०॥

फ्रान्सदेखि ठूलो ता, आफैँ मानिकन ।
मौका यहि भनी सोच्यो, दलिमलि गर्न ॥
अष्ट्रिया हंगेरिले, सरवियामाहाँ ।
दुई दिनको म्याद दी, अड्का भेजो ताहाँ ॥११॥

नहुने कुराको ता, काटछाँट पारी ।
विन्ति गर्दा दियो जवाफ्, युद्ध गर्न भारी ॥
सानु राज सर्वियाको, आफ्नु जात रूसले ।
बचाउन खोजेथ्यो, त्योबेला जर्मन्‌ले ॥१२॥

काखिचेपि अष्ट्रियाको, मैले मद्दत दिन्छू ।
मित्रसित लड्नेलाई, भन्यो घुडा धस्छु ॥
टढ्यो जानि रुसले ता, लड्न झ्यालि पिट्यो ।
भुलमा पर्‌यो जर्मन फेर, घरको झगरा मिट्यो ॥१३॥
आर्लेण्ड लण्डनको, मिलाप भयो मिठो ।
तेसो हँदाखेरि ता, जर्मन भयो पिठो ॥
लिइ हेतु गरि हल्‌चल्, युवराज मार्नू ।
डेढ मैनापछि पर्‌यो, सबले दुख भोग्नू ॥१४॥

शस्त्र लिये सबै जाति, एक करोड् असि लाख ।
परस्पर मिलि कालै, युद्ध गर्न भये साख् ॥
करोडपति देवालिया, भोलिपल्टै अन्न ।
दोव्‌र भयो महगो, देस देस्‌मा सन्न ॥१५॥

शत्रु देस्‌मा जाने जती, सबै पासा परी ।
कष्ट पाये बहुत ताहाँ, फजियत गरी ॥
दुनियाँमा सूर्य सरी, फ्रान्सको सहर ।
साँझैमाहाँ बन्द दोकान, भयो अन्धकार ॥१६॥

छुट्टिमा बसेका मानिस्, हार्विच् सहर ।
झिकाइ लन्डन हुकुम भयो, सवै खालि गर ॥
शत्रु आउँदा हान्नुपर्छ, मैदान गर गर ।
भनी गर्दा भये मैदान, कस्तो पर्‌यो हेर ॥१७॥

बिग्रिगयो अन्त्यकालझैँ, छिनमा संसार् फेर ।
धन्‌जन् क्षति अनगिन्ति, राजाका कुमार ॥
विद्यार्थिले गोलि मार्नू, यहि भयो कारन् ।
सब राज मिलि लडे, देश भो संहारन् ॥१८॥

ह्वैन ह्वैन त्यति मात्रै, तिन भन्छु बात ।
अरू पनि थियो सुन, नास्यो सबै जात ॥
पैल्हे जर्मन रसियन्, टिउट्टन स्लेव ।
झग्‌रा दोश्रो फ्रान्सको, जर्मन लिइ जब ॥१९॥

एल्‌सस्‌लौरन दुख दियो, तेश्रो बात हेरी ।
वेलाइतको समुन्द्रको, राज हर्न फेरी ॥
ठूलो इच्छा जर्मनको, यहि मिलि गेर ।
मर्णान्तमा सबै पर्‌यो, सर्निवोस नेर ॥२०॥

अष्ट्रियाका भतिजा, युवराज हँगेरी ।
सहर् राम्रो बोसनिया, सबै रसले भरी ॥
कार्यकारन् शाहाज्यादा, हेर्न जाँदा खेरी ।
विरोध ह्रैछ सुन पैल्हा, प्राण गयो मारी ॥२१॥

अघि टर्कि वोसनिया, थेन राम्रो गरी ।
लिइ बेस अष्ट्रियाले, गर्दा उल्टो फेरी ॥
खुस थेन दुनिञा झन, षडयन्त्र भरी ।
चलाउने बन्दुक ता बारंबार गरी ॥२२॥

राजा फर्निनेन्ड अष्ट्रियाले, दबाउने परी ।
गरी देस बढाउनै सोच्थे सँधै भरी ॥
बुद्धिमान खूव थिये, युवराज ताहाँ ।
तिनका बाबा रुडेल्‌फ ता, सिकार्‌घर्‌मा जाहाँ ॥२३॥

प्राण् गयेको मिलिगये, थाहा भेन परी ।
इनि मरि फेर्डिनेन्ड आर्चडिउक् फेरी ॥
युवराज भये पछि, सामर्थ्य बढाई ।
अष्ट्रियाका नियम् तोडी, नीच कन्यालाई ॥२४॥

बोहमिञा वंशकि ता, काउन्‌टेस् सोफिको ।
राजा छोरी पद्‌वि दिइ, विह्या गरे उसको ॥
बुद्धि खुब हुँदा संगी, युवराजको जाहाँ ।
गादि भये युरोप मान्‌थे, कम्ति थिन ताहाँ ॥२५॥

कामकाज धेर थियो, नाम् मात्र हेर्नै ले ।
पुगे सरजीविमाहाँ, पहिले चित्रकारले ॥
बम् हान्यो उसको ता, भन्दछन् रोके हातले ।
राजकर्मचारि स्वागत, गर्न आये तिन्‌ले ॥२६॥

पर्दैन आदर्यै भो, भनी देखाइ ताहाँ ।
दौडथ्यो मोट विद्यार्थीले, छोड्‌ये फेर् बम् वाहाँ ॥
फुटेन बम् चाँडै बन्दुक, तिन फैर गरी ।
राजा कुमार रानीलाई प्राण लियो हरी ॥२७॥

जस्तो मिलाप्, उस्तै गये, सति सरि मरी ।
घातकिको खोज्न लागे, घुमि वरिपरी ॥
दुवै जना पकडिये, श्लाव जाति को हुन् ।
हैन भन्छन् दुवै जना, बात हेछ लौ कुन् ॥२८॥
भनी बात बुझ्दा बुझ्दा, षडयन्त्र ठह्यो झन् ।
तेहि बिउ आगो भइ, सल्की गयो रन्‌वन् ॥
सर्विया जातिको ता, मानिसले ताहाँ ।
युवराज मारि दियो, अष्ट्रिया को जाहाँ ॥२९॥

दुबै देस पैल्हे देखि, शत्रु हेर ताहाँ ।
उठि गयो कालो बादल् बेर लाग्थ्यो काहाँ ॥
रसिया र फ्रान्सदेखि, जर्मन् सधै डर्थ्यो ।
जर्मनको फौज देख्दै, रुस आँखा तर्थ्यो ॥३०॥

जर्मन र रूसियाले, झगडा हेतु ताहाँ ।
बालकन्मा पायेथ्ये, पैल्हे मन माहाँ ॥
टर्किलाई लगारेर, कुस्तुन्तुनिञा पार ।
त्यस्को जमिन् रूसियाले-स्लैव जाति द्वार ॥३१॥

बाँडि राज् राज् सानु गर्ने, मुख्य मन ताहाँ ।
अष्ट्रियाले मित्र जर्मन, गरि त्यो देस् माहाँ ॥
राज गर्ने मन हुदाँ, सधै भर वाहाँ ।
षडयन्त्र गुप्त कैल्हे, प्रकास् गर्थे ताहाँ ॥३२॥

युद्ध हुदाँ हुदाँ यस्तो, देख्नु पर्‌यो ञाहाँ ।
अष्ट्रियाको परोसीया, सर्विया माहाँ ॥
दुइसये वर्ष बिति गयो क्रिषक् बौरा ताहाँ ।
दुख दिँदा टर्किले, सारा सामुमाहाँ ॥३३॥

उठिलिये स्वाधिन् गर्न, विर् छन् गुणि अहो ।
बलग्रेड सर्वियाको, खराब भन्नु भुल् हो ॥
पाहाडी भये पनि, धेरै लडी मारी ।
आफ्नु काम साधि लिये, इमान्‌दार छन् भारी ॥३४॥

अष्ट्रियाले स्वप्ना देख्ने, सरा कृस्नसागर् ।
जिति राज गरूँ भन्थ्यो, सर्विये लालचि धेर् ॥
हर्जेगोविन् वोसनिया, स्लैवोनिञा फेरी ।
डाल्मेशिया नौविवाजार, मोन्टिनिग्रो घेरी ॥३५॥

भारी युरोप् दक्षिणमा, गर्ने मन्‌मा काज ।
प्रजा सुंगुर् गोठालो राज्, शक्तिसालि राज ॥
ठुला ठुला वात्साको, बिच्‌मा बसि आज ।
साहस् गरि स्वप्ना देख्थे, नमानेर लाज ॥३६॥

इ सबै कुरा हुन्, चालिस् वर्ष पैल्हे ।
लड्दै पर्दै दिन बित्यो जुग फिर्‌यो ऐल्हे ॥
पैल्हेको सबै संग्राम्, लेखिसाद्धे छैनन् ।
राज् जिउ नाशे हेतु, भन्छु स्वास्नि हुन्छन् ॥३७॥

सर्वियाको मिलन् राजा, लोकप्यारा जाहाँ ।
धेरै जिते युद्ध तिन्‌ले, स्वधिन् गरे वाहाँ ॥
पछि मिले अष्ट्रियामा छाडि रुसको सँग ।
गर्दा अनि विवाहा, रानि नेथलि सँग ॥३८॥
देखि प्रजा दुखि भइ, विन्ति गरे ताहाँ ।
नेथलीको मन थियो, रूसपट्टि माहाँ ॥
तेसो हुँदा घर झग्रा, बढ्यो दिन्-दिन् फेरी ।
सारा द्रोह हुन लाग्यो, सर्विया भरि हेरी ॥३९॥

दूनियाको मन बुझी, रानीलाई ताहाँ ।
फर्क पारी राजदेखि, छोरा लाई वाहाँ ॥
राज दिइ अलेक्‌जन्‌डर, छोरा आमा इनी ।
भेट्‌न हुन्न सहि गरि, हिँडे पेरिस तिनी ॥४०॥

तेह्र वर्ष उमेर्‌माहाँ, बाबु आमा छोडी ।
उपद्रवि देस्‌को राज् ता, गरे शत्रु तोडी ॥
फेरि आये बाबु आमा, तिन्‌का विह्‌या भारी ।
जर्मन कुमारि सङ्‌, भयो बात् तयारी ॥४१॥

अलेक्‌जन्‌डर् तर छोरा, विधुवा राम्रि नारी ।
डेगासित विह्या गर्‌यो, भइ रानि प्यारी ॥
चलाक् थिइ मध्यं कुलकी, भाइ कर्णेल पारी ।
बैनी छोरा राज हक्‌दार्, धर्म पुत्र गरी ॥४२॥

यस्तो हुनु फेरि ताहाँ, जर्मन कुमारी ।
विह्या गरि सविर्याको, राज गर्न भारी ॥
मन थियो विफल हुँदा, प्रजा दुखि सारा ।
घर्‌मा देखि अष्ट्रिया र , आयो रूस्‌को मारा ॥४३॥
गर्न लागे तल माथी, षडयंत्र ठूलो ।
लाउथ्यो उचेरा झन्, रूस भित्रि फूल्यो ॥
रूष्ट भइ अविसर् ता, जात नष्टकारू ।
राख्नु भन्दा बेस होला, राजा रानि मारूँ ॥४४॥

यसो भनि मतो मिलि, बन्दोबस्त भारी ।
आधारातको वखत् हाँकि, फौज सल्हाकारी ॥
बढि पुगि दर्‌वारमाहाँ मार्दै घुस्यो ताहाँ ।
आवाज् सुने बन्दुकको, धेरै आये वाहाँ ॥४५॥

राजा रानि लुके गुप्ती, भडार भित्ता जाहाँ ।
फौज आई खोपिमाहाँ, नदेखेर ताहाँ ॥
आश्चर्यले खोज्न लाग्यो, चोटा खोठानाहाँ ।
नपायेर फेरी फर्कि, खोपितिर ताहाँ ॥४६॥

हान्न लाग्यो भित्तामाहाँ, हाकिम् उही नारी ।
लागी गयो डेगालाई, माया लाग्दो गरी ॥
बोल्दा खेरि फेला पारे, मार्ने छैनौँ हरे ।
वाचा गराइ ढोका सारी, अनी देखा परे ॥४७॥

पछिबाट कार्य परे, दुवैलाई मारे ।
सारा देस युरोपले, इनको घृणा गरे ॥
राजाघरान् सर्वियाले, पिटर् राजा गरे ।
इन्‌ले पनि क्यै राज् गरी, छोरा राजा पारे ॥४८॥

काम्‌को नीम्ति भार सुम्पी, लडाञी पैल्हे माहाँ ।
यकान्तमा गइ बसी, ईश्वर् भजे ताहाँ ॥
अष्ट्रिया र रूसको, यस्तै प्रकार् ताहाँ ।
सर्वियाको नजिकको, जमीन् बिच माहाँ ॥४९॥

सिकार् गरि मृगसरी, मारि मारि ताहाँ ।
लुछाचुडी भइहन्थ्यो बारबार वाहाँ ॥
रूस र अष्ट्रियाका बिचमाहाँ बसी ।
सर्वियाले बढाउनु, ठुलो हो स्याबासी ॥५०॥

राजा पुत्रै मात्रै मार्ने, कारण् हुन्थ्यो काहाँ ।
सिद्धिन्न सबै लेखी, नाह्रबर्ष माहाँ ॥
पैल्हे पैल्हे देखिको ता, रिसलिइ राज ।
अघोर समग्राम गर्नालाई, उठे सारा आज ॥५१॥

उन्नाइस्‌सय चौधको, जुलाइ अठारौं दिन्।
बेलायत्‌का प्रजाले, पछितक् संझलान् ॥
किनभने यसै दिन, लड्ने कुराले ।
पञ्चम् जारज ता, अंग्रेज बाद्साले ॥५२॥

लडाञिका जहाज्‌हरू, जम्मा भये जती ।
तेसै दिन जारजले, नजर् गरे तेती ॥
आधा जती तैपनी, आइपुगेनन् ।
दुइ सय बत्तिस देखी, तै कम् जम्मा थेनन् ॥५३॥

आयका जहाजका, काम् गर्नेहरू ।
सात हज्जार्देखि, बढ्तै थिये अरू ॥
उड्ने जहाज छन्, जेपलिन१ जहाँ ।
लडाउ जहाज ठूलो, ड्रेड्‌नाट२ नामका ताहाँ ॥५४॥

तेसै माहाँ तेह्र सये, पाँच इञ्च अनी ।
राखियेका तोपहरू, ठाउँठाउँ पनि ॥
माइन बिछ्याउने, पानीडुब्बि गरी ।
चालिस् माइल् लामु माहाँ, जहाजले भरी ॥५५॥

मानिस्हरू हेर्न लागे, कति ञाहाँ भनू ।
सकिन्न सबै त्यो ता, बर्णन गर्नु ॥
तेस् दिनको तयारी, धेर् ठूलो थियो ।
सर्‌कारको प्रतापले, झल्‌मल् गरि दियो ॥५६॥

थाहा थेन यक रत्ती, मानिसहरूमाहाँ ।
जहाज् जाने सत्र दिन्‌मा, संग्राम् परि वाहाँ ॥
वर्णन् गरि साद्धे छैन, कुरा छोडु कती ।
तेस्‌कारण लेखछु, संक्षेपले जती ॥५७॥

यता हेर्‌यो उता हेर्‌यो, जहाज् जहाज ताहाँ ।
देखिइन्थ्यो फलामको, किल्ला सरि जाहाँ ॥
भित्र हेर्दा चिज सबै, महजुद वाहाँ ।
देख्दा नञा छक्क हुन्थे, वेहोसमा ताहाँ ॥५८॥
पानिको विचमाहाँ, रेल्‌सरि जान्थे ।
हेर्ने जति सबै ताहाँ, आश्चर्य भै भन्थे ॥
जुन वात्साधिराजको, यत्रो शक्ति होला ।
सनसार्‌मा ठुलो नाउँ, किन नहोला ॥५९॥

जल जहाज् कर्मचारी, ठूला दुबै छन् ।
विन्‌ष्टन चर्चिल् ता, पृन्सल विश् हुन् ॥
जुन दिन अष्ट्रियाले, सर्वियाको पास ।
पठायाको खबर् जम्मै, हे भाइ खास ॥६०॥

थाहा पाइ चर्चिलले, युद्ध पछि अनी ।
हुने देखि बात सबै, मन मन गुनी ॥
आफ्नू घर नोरफोल्क, देखि चाँडै ताहाँ ।
पुगिगये तिनि हेर, लन्डनमाहाँ ॥६१॥

जहाजको सबै ताहाँ, कर्मचारीलाइ ।
आधा रातको बीचमाहाँ, संचार पठाइ ॥
अब छुट्टि मिल्नेछैन, भाइ हेर जाने ।
छुट्टि मिलेपछि मिल्ला, दैबलाई माने ॥६२॥

आफ्नु- आफ्नु बन्दर्‌मा, गयेका जहाज ।
तार दिइ झिकाया, आउ सरकार् काज ॥
तार तार तार ता, तार्‌माथि तार ।
दिइ कैञौ घडिमा भैगो तयार ॥६३॥

उनन्तिस जुलाई, बुधको वार ।
जहाज चल्न लागे, शत्रु गर्न मार ॥
युद्ध थियो पूर्व दिशा, लड्न हिडे बीर ।
जानेहरू रक्षा हउन, भन्ने खातिर ॥६४॥

बस्ने मानिस् गर्न लागे, प्रार्थना इश्वर ।
हात जोरि शर्ण परि, भन्थे रक्षा गर ॥
जहाजको सेनापति, जान तिन्‌को नाम ।
“सरजौन” रसवर्थ “जेली” हुन काम ॥६५॥

कचालिस् वर्षसम्म, नाविक् जोद्धा थिये ।
युद्धैको बेला सर जोर्ज, कल्‌गन्‌को ठाम्‌मा गये ॥
तेसै बेला अदल्‌बदल्, पर्‌यो कोहि हुन ।
नाउँ लेखि तेस्ताको, साद्धै छैन गुन ॥६६॥

सेनापति पैला किचनर्, रुस जाँदा डुब्‌छन् ।
ठुला मंत्रि लार्ड जार्ज, सबै कामका हुन् ॥
भारत् मंत्रि मान्टेगू ता, यस्तै अरु जहाँ ।
चार तारिख अगस्तको, रात्रि आधामाहाँ ॥६७॥

जर्मनले पठायो, युद्धको खबर ।
गुप्त रुप सेना जम्बा, हुदै थियोन तर ॥
नञा जल सेनापति, जेलेको नाम्‌मा ।
पत्र गयो बात्साको, युद्धको काम्‌मा ॥६८॥

जाति बढाइ राखिलिने, गंभिरको मेला ।
परिगयो समये ता, अन्तको बेला ॥
ऐल्हे नञा हुनुभयो, सेनापति ञहाँ ।
तपाञी र पछिका, जो अविसरमाहाँ ॥६९॥

पठाइ मँ सुचना, पूर्ण आस गरी ।
विश्वास गर्छु, बृटेनको, गौरव भरी ॥
छैन नाम फाल्नु हुने, सबै राख्न होला ।
जय जय जय ता, हाम्रो गर्नुहोला ॥७०॥

जेलेकोले यस्को यस्तो, उत्तर पठाई ।
म स्मेत मेरा साथी, अविसर भाई ॥
विश्वास गर्नोस् सब हामी, गौरव थाम्‌न ।
नाम् राख्छौ बृटेनको, दिइ भने प्राण ॥७१॥

यस्तो भन्ने कर्मचारी, फेरी सुचिमाहाँ ।
बल ढेर कम्ति छैनन्, हाम्रो सर्कार ञाहाँ ॥
पैल्हेदेखि बलवान, जर्मन थियो काहाँ ।
हाम्रो र जर्मनको, संख्या लेख्छु ञाहाँ ॥७२॥
सूचि
विवरण हाम्रो सरकार - जर्मनि
जङ्गी जहाज नयाँ २२ १३
पुराना २८ २०
वेट्ल क्रूजर ९ ४
लाइट ७२ ३९
डेस्‌ट्रायर (नास गर्ने ज) २१८ १४८
टारपेडो वोट ७० ४७
पनडुब्बी (सव मेरिन) ७६ २७
हेर्न भयो जलमाहाँ, बल हाम्रो धेर ।
पैल्हे पैदल् सारा राज् ता, रुस हाम्रो फेर ॥
अष्ट्रियाले दियाको, सरविया पास ।
देखि युद्ध समचार्को, भये सब् त्रास ॥७३॥

धेर् दिन् देखि युरोपमा, महाभारत् हुने ।
भन्दै थिए त्यसै दिन्‌मा, निश्चय हुने गुने ॥
अष्ट्रियाको खवर ता, जर्मन तयारी ।
देखि लिई युद्ध हुने, संसार संहारी ॥७४॥

शुक्रबार यकसित, जुलाईको दिन ।
ठाम् ठाम्‌को सुनि हाल हाहाकार हुन ॥
लागि गयो सारा लन्डन, मानिसमाहाँ ।
विश्वास् उठिगयो हेर, बंक दर जाहाँ ॥७५॥

सयकडा चार्‌देखि, आठ पुगि गयो ।
भोलिपल्ट बाढि झै,यक्‌दम् दस भयो ॥
ठिक नभै छैन खुल्ने, भनकन ताहाँ ।
निटिस टाँसियो, बंन्द ढोकामाहाँ ॥७६॥

तेसै बेला सर्कारिया, मंत्रीले ताहाँ ।
सभागरि बंक फेरी, महाजनमाहाँ ॥
समझाये यस्तो बेला, ऐल्हे छैन ञाहाँ ।
यस्तो गरे खराब् होला, गर्नुछैन जाहाँ ॥७७॥

परी गयो भने त्यस्तो, सर्कार ञाहाँ ।
लगाउला धनको, मद्दतमाहाँ ॥
सुनि यस्तो तैपनि, वेवकुफ फेरी ।
ठुलै लाई केहि चिनता, भयो बखत हेरी ॥७८॥

अव हुन्न जमानत, हाहा कोहि ञाहाँ ।
दुर्लभ होला धनको, वस्तु भाउमाहाँ ॥
बढी जाला दर भाउ, निकरी अनी ।
मुस्किल होला भनी धेरै, स्वप्ना देख्‌थे पनी ॥७९॥

छिन्‌छिन्‌माहाँ अकवार्‌को, खबर् हेरि हेरि ।
कैल्है हुन्थे खुसमाहाँ आइ बादल् घेरी ॥
चन्केको बिजुलीता, आइ बतास् फेरी ।
गड्बड् भइ जान्थ्यो सारा, नगरेर देरी ॥८०॥

जर्मन् ता गइगयो, रसियनतिर ।
अब आउँछ फ्रान्समा, सुनि यस्तो विर ॥
हाहाकार शब्दले आकास् ढाकिदियो ।
महाभारत् गर्नलाई कम्बर, कसि लियो ॥८१॥

दुई अगस्त हेर, रविवारमाहाँ ।
बन्द हुने अकवार, दैनिक ताहाँ ॥
निकल्यो भाइ आश्चर्य, ञहाँ देखि कति ।
हुन लाग्यो ठूलो युद्ध, सूचना भो यति ॥८२॥

भेन झूठो दिलको ता, तेसै दिनमाहाँ ।
तोप बन्दुक् बम्‌बम् गर्दै, उठी बादल ताहाँ ॥
चम्काइ बिजुलीझै, जर्मन् तर्वार जाहाँ ।
गरि पूजा कालि गणेश, रक्तबृष्टिमाहाँ ॥८३॥

लकजमबर्गको, निस्‌पक्षता फोरी ।
तोड्न खोज्छ बेल्जियम् जर्मनले घेरी ॥
यस्तो सुनि खबर ता, मानिसहरू फेरी ।
बृटिसराज्‌को काम् गर्ने, ठुलो अधिकारी ॥ ८४॥

आसक्विथको मुखमाहाँ, ताकि ताकि हेरी ।
भनेको सुन्नालाई इच्छा, गर्दा खेरी ॥
सुने मन्त्री जवाफ् ताहाँ फ्रान्स बेल्जियम तरी ।
आइलागे जर्मन्‌हरू सागरवाटोगरी ॥८५॥

अंग्रेजले राजनीति, छोड्नेछैन कैल्हे ।
जर्मनसित युद्ध हाम्रो, हुन्छ निश्चे ऐल्हे ॥
फ्रान्स र बेल्जियम राज्‌को, स्वाधिन बचाउँला ।
जर्मन् जिति नाऊँ किर्ति, भने चलाउँला ॥८६॥

तेसै बिच्‌मा फेरि ताहाँ, एडवर्ड ग्रेले ।
भन्न लागे निपटारा, गर्नुपर्छ ऐल्हे ॥
सब राज जम्मा गरी, सभा गरूँ पैल्हे ।
भनीगरे अरूले ता, जर्मन मान्थ्यो कैल्हे ॥८७॥

आर्लेन्ड आइरिस्‌को, राजभक्ति फेरी ।
रेडमन्ड खुस हुने, भने बयान् गरी ॥
विदेशीको सङ् लड्दा, परस्पर काम ।
यकजिउ नगरे ता, जाला नाम ठाम ॥८८॥

घर झाग्रा घर् नराखी, ऐल्हे रिस् गरेता ।
भाइ फुटे गवार् लुट्ला, भने तिनिले ता ॥
अष्ट्रियाले सर्वियामा, नेशलिष्ट पेरी ।
डबलीन पुलिस्‌को मारकाट्को परी ॥८९॥

थियो लेखिसकेकोले, नाचि नाचि हेरी ।
खुश हुन्थे शत्रूहरू, युद्ध गरी मरी ॥
आफ्नै घर्‌मा नाशि जाउन्, बढदै जाछोस् पनी ।
रमाउथे जर्मन्‌हरु, अग्रेज् बिग्रोस् भनी ॥९०॥

तेस्तै थियो दशा तर, रेडमन्डको ता ।
बचनले गरिदियो, जादुसरि त्यो ता ॥
जर्मनको ठूला आशा, मट्टि मिलि गयो ।
लन्डन् र आर्लन्ड नङ् मासु भयो ॥९१॥

अंग्रेजका पतिहास्‌मा सुनाअक्षर् माहाँ ।
लेखि बात आदर् गर्छन्, पछितक ताहाँ ॥
यस्तो सुन्दा देखि लिँदा, सब जाना हाम्रो ।
बेस भयो भनी ताहाँ, बसिगये राम्रो ॥९२॥

यति मात्र होइन सुन, हुकुम भयो जारी ।
युद्ध जारी भएसम्म, कोही कर्जदारी ॥
तङ् गरि लिन हुन्न, महाजन भारी ।
अन्न बोक्ने जहाज काम्, हात् लिये सर्कारी ॥९३॥

ठाउँ ठाउँ बंकहरू, खुलि गो तयारी ।
सयेकडा दशदर, पाँच् भो पैल्हे सरी ॥
साधारण मानिस् पनि, अब बुझे परी ।
पैल्हे पटक् अन्न किनि, राख्ने सब धरी ॥९४॥

झन् लालचि माहाँजन्ले, लेथ्यो घरभरी ।
भाउ यकनाश भयो, बसे शोक गरी ॥
तर खाने कुरा जती, मान्छे पिच्छे जान ।
तौलिदिन्थे पछि झन् कम्, परिगयो खान ॥९५॥

फाल्‌तु खर्च यकदम, घटाइ दिये ताहाँ ।
ठुलो भयो बनदोबस्त, कति भनु ञहाँ ॥
पैल्हे थाहा भये वाँहाँ, यति हुन्थ्यो काहाँ ।
खुस भये बन्दोवस्त देखी सर्कार्‌माहाँ ॥९६॥

उन्नाइस सये चौधको, अगस्त चार जाहाँ ।
ख्याल राख्‌छ पछि तक, जर्मन् सर्कार्‌माहाँ ॥
यस्तो दिये खवर ता, आधा रातभर ।
निस्‌पक्ष बिलजियम्‌को राख्‌ने कुरा गर ॥९७॥

पैल्हे सन्धि अनुसार्‌को, सहि छाप गरे माहाँ ।
राम्रो जवाफ् नमिले, हामिहरू काहाँ ॥
बेल्जिम् रक्षा गर्छौ भन्दा, आधा रातमाहाँ ।
कैल्हे मिल्थ्यो आयो जवाफ्, युद्ध जारि ताहाँ ॥९८॥

सानु राज रक्षा गर्न, कम्बर् कसिगयो ।
गरि न्याय जङ्‌मा उठी, लण्डन तेज भयो ॥
सत्य बात लुक्‌दैन, संसारमा कति ।
जानि लिये द्वेष अब, सबै खुल्यो गति ॥९९॥

कुटनीती सुन ञाहाँ, जर्मन् राजा मात्र ।
तेइस् जुलाई घुमिपुगे, अष्ट्रिया जंगलभित्र ।
तेसै दिन अष्ट्रियाले, मौका जानि मंत्र ।
पेश गर्‌यो कैसरमा, सर्वियाको तन्त्र ॥१००॥

अष्ट्रिया उपरको, हेर षडयन्त्र ।
हत्याकारी सर्वियाले, अठचालिस् घण्टाभित्र ॥
ठिक गर्न नसके ता, हौला अधिन् नत्र ।
युद्ध गर कित हाम्रो, पर्नु परतन्त्र ॥१०१॥

यस्तो सुनि सर्वियाले, रूससित सोधी ।
दियो जवाफ् मान्थ्यो काहाँ, पचिस् जुलाई क्रोधी ॥
युद्ध गर्ने डुगडुगी, पुग्यो राजभरी ।
जर्मन र अष्ट्रिया सङ् अंग्रेज तेस घरी ॥१०२॥

मन थिएन युद्ध गर्ने, युरोपको क्रान्ति ।
जाने बुझि राज राज्‌मा लेखे गर्न शान्त ॥
फ्रान्स र इटालिले मान्यो लेखेकोता ।
जर्मन् बोल्यो तर साँचो, कुटनीतिले ता ॥१०३॥

सर्विया र अष्ट्रियाले, आफै लेख्‌दैछन् ।
हामि बिच जाने ऐल्हे, काम केहि छैनन् ॥
अनी रूस मंन्त्रिले, यस्तो लेखे विठ्ठी ।
अष्ट्रियाले सर्वियाको, सिमा नाघे पिटी ॥१०४॥

उठ्छ रूस उसै घडी, दाँत किटिकिटि ।
रूस लड्छ भन्ने यस्तो, अष्ट्रियाको कत्ति ॥
मन्मा थेन मिलिगयो, सबै बात मट्टि ।
धेरै खोज्‌थे सान्ति गर्न, युद्ध गर्ने पट्टि ॥१०५॥

मौका हेरी चाँडो तयार, गर्थ्ये देश भरी ।
जुलाई एकतिस् अष्ट्रियाले, रूसमा आँखा तरी ॥
दियो अन्तिम् समाचार, कम के झन् रूस ।
स्वे दिन् लडे दुवै साँझमा, पार्छौ भनि भूस ॥१०६॥

हात्‌मा लिइ बन्दुक ता शत्रु पारे ध्वस्त ।
उत्निखेर सूर्यनारान्, हुनु भो अस्त ॥
हाहा आयो कालरात्री, केको मानुन् कष्ट ।
दुवै थर्‌का पृथिविमा, बसे रण मस्त ॥१०७॥

जर्मनीले भोलिपल्टै, फ्रान्स तिर फेरी ।
धावागर्‌यो चारौतर्फ, सकेसम्म घेरी ॥
तर्वार्‌को झिलीमिलि, तोपबन्दुक् ढाङ्ढुङ् ।
शिरमा ताकि बन्दुक् मारी, तर्वारले छ्याङ्छुङ् ॥१०८॥
घुमि घुमि काट्न लागे, शत्रु मार्दै रङ्दङ ।
हान हान काट मार, छैन माया हो जङ् ॥
भन्दै मारि सनमुख्‌मा, मुलासरि जाहाँ ।
काटि काटि भुमि जिति, विरहेरू ताहाँ ॥१०९॥

बढ्न लागे मुख ताहाँ, झन् चमाचम ।
हुन लाग्यो फ्रान्समाहाँ, पृथ्वि दमादम ॥
तेस बेला लन्डनको, हुन्थ्यो मन् दे संधी ।
सभा गरि यडवर्ड ग्रेले, भने मन् दी ॥११०॥

रूस्‌को बाल्कन् अष्ट्रिया वा सर्विया लेवोस् फेरी ।
फ्रान्सलाई मद्दत दिनु, कर छैन हेरी ॥
रहुँ भने जर्मनको, फ्रान्स पासा परी ।
चरी झञी पारिलेले अधिनमा गरी ॥१११॥

स्वाधिन् जाने अरूको, हेर्नु छैन ञाहाँ ।
यस्तो सुन्दा निश्चै गरी, मन्त्री जर्मन्‌तहाँ ॥
डाक्टर वेथ मन्‌ले, भने रूस क्रुद्ध ।
अष्ट्रियामा चढे देखी, होला घोर युद्ध ॥११२॥

शान्ति खोज्छू तर जाहाँ, अष्ट्रिया बिचमाहाँ ।
युद्ध छिडिगये देखी, जर्मन् देश ञाहाँ ॥
मदत् दिन्छ अट्रियाको, दिलोजान देखी ।
लन्डन् हर्न दिनेछैन, फ्रान्सको सेखी ॥११३॥

यस्तो जानि तर भन्छू, लन्डन राज सित ।
छिश्वासको निम्तिमा, फ्रान्स भीत्र जित ॥
भुमि जर्मन लिनेछैन निस्‌पक्ष बृटेन ।
बस भन्छु फ्रान्सको ता, उपनिवेस कन ॥११४॥

यसै होला ऐल्हे भनी, भन्न सकदिन ।
यस्तो सुनि सर ग्रेले, उपनिवेस हिन ॥
फ्रान्स साह्रै सानु भइ, भने दिन दिन ।
ठूलो माहान् राजहोला, तिम्रो अधिन ॥११५॥

मंजुर् छैन बात यस्तो, कंबर कसी ।
स्वतन्त्र राख्छौँ फ्रान्सको, घुडा धसिधसि ॥
यस्तो सुन्दा ताहाँ फेरी, जर्मनले कसी ।
बेल्‌जिम्‌सित बाटो माग्यो, देउ खुस्भै बसी ॥११६॥

यदि बाटो नदियेता, जान्छौँ राज नासी ।
यस्तो सुनि लन्डन्‌ले बेलजिमवासी ॥
रक्षा गर्ने कडा कुरा, जर्मनराज काहाँ ।
लेखे तर मान्थ्यो कैल्हे, चार् अगस्त जाहाँ ॥११७॥

यघार बजे रातिमा, जर्मन लन्डन्‌माहाँ ।
ठुलो युद्ध घोसना, भइगयो ताहाँ ॥
अब मार्छौ अब काट्छौ, शत्रु भन्दै विर ।
जानलाई तम्सियो, हेर हाम्रोतिर ॥११८॥

पछि भने बढ्‌दै गये, पैल्हे बेल्जियम् लन्डन ।
फ्रान्स र रूस पछि, गोर्खा र हिन्दूस्थान् ॥
शत्रुदेशतिर जर्मन, अष्ट्रिया र टर्कि ।
हिड्यो पछि बेल्‌गेरिया, चाँडै गोडा मर्कि ॥११९॥

लनडन्‌तिर पछिसम्म, णये यक्काइस् राजन् ।
नाउँ लेखुँ कति ऐल्हे, आफ्नू देशको चलन् ॥
ठाउँ ठाउँ इश्वरको, पुकार स्मरन ।
सहर् भरि मंगल् पारी मधुर स्वरले भजन् ॥१२०॥

गर्दै निक्‌ल्यो रणबाजा, विरहिले भरी ।
हिडिगयो फउज ता, सबै देखा परी ॥
बाबु भाइ प्राणप्रिया, आँसु पुछि पछि ।
हेर्न लागे आफ्ना सबै, इश्वर इच्छा पछि ॥१२१॥

सकदिन बर्णन् गर्नु, मुटु गाँठो परी ।
बस्नेको ता निस्केन, बोलि कस्तै गरी ॥
जाने भने जाउ जाउ, जाउ भन्दै फेरी ।
क्यै मलिन् खिसिक्क, हाँसि मुख हेरी ॥१२२॥

राखि आउँला नाम किता स्वर्ग सिधारी ।
जान्छौँ भनी हिडे सबै, मुटु छियो पारी ॥
झंकन्छ रणबाजा, सुर दिइ कत्ती ।
जाने भने गइगये माया छैन रती ॥१२३॥
बस्ने भने रून लागे, जाने रणमत्त ।
भन्दै हिडे शत्रुको ता, राख्‌ने छैनौ सत्त ॥
बन्दुक तोप गर्जाइ, शत्रु मुटुमाहाँ ।
बाधा पारी विजुलि झैँ, तर्वार् झल्‌काइ जाहाँ ॥१२४॥

खूब ठुलो शब्द गरी, पैल्हे बेल्‌जिम्‌माहाँ ।
हान्न लाग्यो जर्मनले, चालीस् माइल ताहाँ ॥
जाने तोप हानि किल्ला, सहर् बिचमाहाँ ।
ध्वस्त गर्दै बेल्‌जिम्‌वासी, निस्क निस्क जाहाँ ॥१२५॥

ऐल्हे तोप गोलाको, वृष्टि पारि ञाहाँ ।
सहर ध्वस्त पार्छौ भनी, निकालेर वाहाँ ॥
मैदानसरी गइ भिडे, शत्रु भुस गन्दै ।
काट्नै लागे मार्न कागे दुइ तर्फ तान्दै ॥१२७॥

विरहेरू घुमि घुमि तर्वारले हान्दै ।
धेर मान्छे मारे थुप्रो, साद्धे छैन गन्दै ॥
शिर छैन हार छैन, खुट्टा छैन ढाडै ।
रगतको भल बह्यो, नदि जस्तो हुदै ॥१२८॥

नाउँ राखि शत्रु मारे, नोक्सान् धेर पार्दै ।
यस्तो रित्‌ले दिनराती, सातदिन लड्दै ॥
आखिरमा शत्रुको ता, धेर बल बिचार्दै ।
छोडिदियो लागेन क्यै, किल्ला शत्रु फोर्दै ॥१२९॥

तोप हानी गडाङ्‌गुडुङ्, वज्रसरी पार्दै ।
भित्र पस्यो बेलजियम्‌को, लुटमार गर्दै ॥
फेरी भाइ पृथविमा, हुने मोटर्‌सरी ।
आकासमा विमान् भई, जाने बेस गरी ॥१३०॥

समुद्रमा जहाज्‌सरी लड्ने, जन्‌ संहारी ।
तिनै काम यौटै दिन, पारेका तयारी ॥
तेसैमाहाँ चढि जर्मन, सहरमाथि घेरी ।
बम्‌को वर्षा गर्न लाग्यो, नगरेर देरी ॥१३१॥

मान्छे प्राण लिइ भागे, सहर् खालि गरी ।
बेल्‌जिम्‌को नाना रितले, साह्रै ध्वस्त पारी ॥
आफ्नु हाकिम् राख्‌दै गयो, जितेको ठाम्‌भरी ।
बेल्‌जिम्‌लाई हुनु भाइ हेर पैल्हेसरी ॥१३२॥

सय बर्ष लाग्ला भन्छन, नाश भो बेसरी ।
राइ पर्वत् पर्वत् राइ गर्ने उनै हरी ॥
जो जो निस्क्यो आश्चर्यको शस्त्र अस्त्र फेरी ।
नाम् काम तेसकोता वर्णन् सबै हेर ॥१३३॥

रूस फ्रान्स देसमाहाँ, ठूलो गरि भिर ।
अब हुन्छ घोर संग्राम, दोश्र खण्डतिर ॥
अब हामीहरू पनी, गर्ने यो संसार ।
बाबू आमा गर्ने भर्ने, पारने संहार ॥१३४॥
संझु इश्वर् सुस्तायर, भजुँ शर्ण परी ।
पछि सुनु भनुला, भूभारको परी ॥१३५॥

पं नरेन्द्रनाथ कृत युरोपीय महाभारत
युद्ध आदिकारण वर्णन सहित बेलजियम् ध्वस्त
॥प्रथम खण्ड समाप्त ॥

श्री इश्वर् वाम मायाको, हरून् दुख् काखमा बस्ने ।
विना मङ्गल शरण सागर, छइनौ पारमा पस्ने॥श्री॥
कडोरन् सूर्यकस तेजलझै, झलक्छन् नाखुनै माहाँ ।
कउन् देख्ला प्रभो मुहार् फगत्‌छौँ शर्‌णमा ञाहाँ ॥श्री॥

नसक्‌छौ यो कलिकालमा पुजापाठ् मंत्रको सिद्धी ।
न तप् दान यज्ञले सक्‌छौ, अनाथ्‌ले गर्नको बृद्धी ॥श्री॥
प्रभुको चालकालैमा चलेको यो सबै सृष्टी ।
कसोरि फेरि पार् लाग्छौँ श्रीइश्वर्‌को विना द्रिष्टी ॥श्री॥
फगत् नामको छ आधार कलीमा तर्न वार्‌पार ।
भजूँ नाम् स्व हरिहर्‌को उ छन् माया त प्राण्‌धार ॥श्री॥

सुन सुन भाइ हो, रुस देस जण्ड ।
जम्बु दिप्‌को तिन खण्ड, मध्य यक खण्ड ॥
हिन्दुस्थान्‌को दोवरता, सून चिन देस ।
चिनको दोवर् रूस भन्दछन्, मिलदैन भेष ॥१॥

अरु सबै युरोप् आदी, देस रूस जत्रो ।
मिले पनि पुग्नै मुस्किल, रुस देस कत्रो ॥
तेत्रो ठुलो भये पनि, मानिस चिन्‌मा धेर ।
चिन्‌को पछि हिन्दुस्थान्‌मा जानि लेऊ फेर ॥२॥

तेस्तीस् करोड हिन्दुस्तानि, चालिस् करोड् चिनी ।
सोह्र करोड रूसमाहाँ, छन् मानिस गिनी ॥
आदिमा नै मित्रतिर, मिलि लड्‌यो रूस ।
पार्छौ भन्दै कुटिकुटि, धानसरि भुस ॥३॥

उठी हाल्यो अनि धेर, जर्मनको रिस ।
अघि पारूँ रूस्‌को भने, पिठो झञि पिस ॥
अघोर् शब्द गरिउठे, तब साम्राट् राजा ।
जर्मनले अन्त भन्दा, लायो बल ताजा ॥४॥

पैल्हे रुस्मा खुब जित्यो, बजायेर बाजा ।
बलै धेर खेर फाले, तब फ्रान्स साजा ॥
मित्र डोरि उड्‌दो चङ्‌गा, काट्यो लाइ माझा ।
नहिँ भने मुस्किल् थियो, जर्मन् पार्न खाजा ॥५॥

रुस तिर जित्तै गयो, देस पारि धुलो ।
भन्न लागे रुसिहरू, वार्सा किल्ला ठुलो ॥
के को जीत्न दिउँला, जर्मन्‌लाई घुसी ।
वार्सा उनै जर्मनको, मार्छौ चुसिचुसि ॥६॥

यस्तो विचार् गरि फौज, जम्मा भयो धेर ।
लड्न लागे दुवै थरी, प्राण त्यागि हेर ॥
जर्मनले डोडेको ता, बन्दुकको गोली ।
हंसलाई पार गरी, जाने खोलि खोलि ॥७॥

तोपका आवाजले, बैह्रो हुने कान ।
रुसीयाका जातको, नराखेर झान ॥
भन्दै जर्मन् अधि सर्‌यो, टाउकामा हान ।
वार्सारुपी किल्लाको, बज्र पारि ज्यान ॥८॥

लड्नलागे जर्मनले, रुसि हरु साथ ।
रुसी पनि लड्‌यो धेरै, कटाइ कटाइ माथ ॥
आफना देसको ती। राखुँ नाम ठानी ।
सके भर खूव लडे, बन्दुकले हानी ॥९॥

चलेन सीप मर्‌यो, साद्धे छैन गिन्न ।
पापि मोरा जर्मनले पार्‌यो छिन्नभिन्न ॥
बढ्न दिने छेन भन्थ्यौँ, वार्सा माहाँ आज ।
दैविचक्र बुझ्छ कस्ले, यस्तै भयो काज ॥१०॥

भन्दै दिकदारी भयो, फौज ताहाँ सारा ।
जर्मनका पौजले ता, पारि हारावारा ॥
वार्सालाई लीइहाल्यो, बढ्न लाग्यो फेरी ।
चरौ तर्फ देसलाइ, ताहाँ घेरिघेरी ॥११॥

कैल्हे छोड्ने विषालू ता, ग्यास धुवाँ भाइ ।
खार लागि फौजको ता, सखाप् पार्ने हाइ ॥
कैल्हे काँहि बालुजस्तो छोड्छ क्या हो क्या हो ।
फेरी ऐना तेसइमा, छाया पार्छ क्या हो ॥१२॥

आगो लाग्छ तेस्‌मा बिच्‌को, राखदैन सेस ।
यस्तो पापि जर्मन्‌को, होला काहाँ बेस ॥
कैल्हे पहाड् बिच्‌मा फौज, ठेटर्‌सरि चित्र ।
देखिइन्छ गयो गजब्, मिलदैन भीत्र ॥१३॥

यस्तै रित्‌को माया अनेक्, देखायर तन्त्र ।
दिन दिन बढदथ्यो, लुकायर जंत्र ॥
तेस्तो माया जर्मनको, कस्तो मिल्छ अन्त ।
यक् पाली ता बाबुको नै, सब्‌ले देख्यो जन्त ॥१४॥

कैल्हे काँही अग्निको, किल्ला अघिलाइ ।
कालसरी जर्मन् फौज, हिड्ने तरसाइ ॥
पृथ्वि डगमग गर्दै, थरहर भारी ।
बढ्दै गयो ठुलो मुलुक, छियाछिया पारी ॥१५॥

खुब गर्‌यो भारि संग्राम, रुस राजमाहाँ ।
उबजाउ रुसराज्‌को, पोलेण्डको वाहाँ ॥
उकसाइ बेग्लै राज्य, पार्‌यो तख्त ताहाँ ।
समुन्द्रका बाटोबाट, अर्को ठाममाहाँ ॥१६॥

खानपीनू अस्त्रशस्त्र, लैजानको मुस्किल् ।
जाहाज् डुवाइ पानि खाइ, मर्थे सबै किल्‌किल् ॥
उनमत्त फौजले ता, जीतिजीति देस ।
आगोलाइ घरमाहाँ, हेर्थ्यो मोज्‌ले बेस ॥१७॥

अनरथ धेर देखी, रोमानीञा राजा ।
उठ्यो रुस तिर मिली, भयो चाँढै खाजा ॥
खुसी भइ जर्मनले, बजाइ हाल्यो बाजा ।
लीन लागे सोखसयेल, माल खोजि ताजा ॥१८॥

रुसका अधिपती, वात्सा हुन जार ।
असल् हुने देसको ता, नदेखेर तार ॥
आफै पनि सेनापति, भइ फौज बिच ।
हीड्न लागे शत्रुलाइ भनी थीच थीच ॥१९॥

इनी वात्सा गर्ने हुन, दुनीञाको हित ।
दिलोज्यान्‌ले खोजथ्ये, किन मिल्थ्यो रीत ॥
भइहाले अघी अघी, रुसवात्सा कती ।
दुनिञाको निठुरिले, दुख देथ्ये अती ॥२०॥

सोही बात संझि संझि, काम जार्‌को गती ।
असल् पनि उल्‌टो नै, देख्‌थ्यो भएजती ॥
तेस कारण् तेत्रो मुलुक्, हुकुम् राख्‌ने जार ।
ठाउँ ठाउँ हुँदै गयो, ताहाँ रुस्‌को हार ॥२१॥

गुरु थियो रुस्‌को रानी, जारीनाको फेर ।
सानु कुल्‌को रासापुटिन् नाम्‌को मूर्ख हेर ॥
तेस्ताको ता बेस शिक्षा, हुन्थ्यो काहाँ भाई ।
जर्मन्‌देसी जारीना हुन्, पुत्रि हाइहाई ॥२२॥

आफ्नै स्वामी आफ्नो देस्‌को, छेदिछेदि खाइ ।
तेही कारण् पतिकुल् जो, आफु सब् मराइ ॥
आफ्नू खबर सब दिन्थिन्, जर्मन् राजालाइ ।
जीत्‌तै जान्थ्यो जर्मन्‌ले, झन् खबर पाइ ॥२३॥

दुनिञामा ठुलो देस, पैल्हे रूस्‌को जार ।
आफ्नै तर्फ गर्न खोज्‌थे, सब्‌ले जीत्‌ने तार ॥
राम्ररी मुखमाहाँ, हेर्न सक्थ्यो कस्ले ।
युरोप यसयिका, वात्सा थिये वस्‌ले ॥२४॥

जार् जार् ता हुकुम् जार्, तेत्रो मुलुक पार ।
थरहरि पार्ने जार्‌को, हुन लाग्यो हार ॥
इश्वरका कार्खानाको, कस्ले बुझ्छ ताल ।
कठोर् वात्सा राजा गर्दै, धेरै बिते काल ॥२५॥

नर्‌मी वात्सा संग्राम् हुनु, मौसर् मिल्यो हाल ।
धमीराले काठ खाये, झञी देस्‌को चाल ॥
भीत्रभित्र बिग्रीबिग्री, थोत्रो थियो माल ।
दुइ सय बर्ष देखि, यस्तै बिति साल ॥२६॥

मौका पाइ उठ्यो प्रजा, चिरिचिरि जाल ।
हाकिम् प्रजा मिल्यो दुखित्, नराखेर ख्याल ॥
सल्हा बात ठिक थियो, रूसको राज्‌को चुलो ।
मास्को सहर् जान पर्‌यो, कार्यवस्‌ले ठुलो ॥२७॥

भन्ने बात गरिहाले, हिडीहाले जार ।
रेल हाछासरि गयो, जस्तो जान्छ तार ॥
जाँदा जाँदा दुरघट्‌मा, जङ्गल बिच भित्र ।
पुगिगयो रेल जसै, अडीयो विचित्र ॥२८॥

ठिकठाक सबैथियो, बात्‌को तरवार ।
जम्बा भइ घेरे चार, के पाउन पार ॥
आये ठुला कमाण्डिङ् इन चिफ भाइ ।
आश्चर्यले भन्नलाग्यो, जार तिनीलाई ॥२९॥

हो हो के के चालामाला, बुजदिन बात ।
सब्‌को असल् हुन्छ भने, छोड्छु राज-पाठ ॥
भनी आकार् चेष्टाले ता, बुझीहाले कुरा ।
तेत्रो सासन् गर्ने किन, नहुन चतुरा ॥३०॥

आगे सरी जनरल, कमाण्डिङ ताहाँ ।
भन्न लागे हजुरको, गयो राज ञाहाँ ॥
असल् चाहे हस्ताक्षर, गर्नोस् कागज्‌माहाँ ।
अब सासन् गरि दल्न, मिल्छ रुस्‌को काहाँ ॥३१॥

आलटाल गरे चाल, एल्है हुन्छ काल ।
रानी छोडि तख्त छोड्ने, सहि हाल हाल ॥
आफ्ना साना बालख्‌को, काखमाहाँ राख ।
यस्तो गरे खूस होला, आफ्नू प्रजा साख ॥३२॥

तख्‌त गये पनि कदर, राख्‌ला पछिबाट ।
यस्तो सुनी भन्नलागे, भाल्‌ख छ गाथा ॥
आमा छोडि मुस्किल् देख्‌छु, कुमाल् बस्ने साथ ।
तैपनि सही हाल्छु, भन्दै झुकी माथ ॥३३॥

इश्वरले रक्षा राखुन्, रुसी देसी जात ।
असल् हवोस् प्रजा सब्‌को दिन् दिन् पछिबाट ॥
भनी दस्कत् गरीदिये, घेरि अनी सारा ।
लगे कैद गरे छोरा, रोये अश्रुधारा ॥३४॥

आमा नभै हुन्थ्यो काहाँ, बालखको मोज ।
अर्ज गरे जारले ता, आमासङ्ग भोज ॥
बसी खान पाये बाल्‌ख, रूने छैन सोच ।
यसो भन्दा रूस सम्राट्, प्रजा कैले घोच ॥३५।

भन्दै थिये तर मञ्जुर्, मुस्कील्‌ले भो बात ।
कस्ता थिये रुसवात्सा, कस्तो भयो छाँट ॥
येही बात सबै राजा, मन मन सोची ।
प्राजालाइ ज्यथाभवी, दुख नदेउ घोची ॥३६॥

दुख्‌ख दिये स्वहि बात्‌ले, हुन्छन् बइरागी ।
मौका पाइ धप्‌धप् उठ्छ, आगोसरि जागी ॥
इश्वरका कार्खानाको, नबुझिने चाल ।
कस्ता वात्सा कस्ता भये, बलवान् छ काल ॥३७॥

कैद परे वात्सा रानी कुल परिवार ।
झन् संग्राम् चमकियो ठाउँठाउँ हार ॥
बढ्दै गयो मास्को सहर जर्मनको वीर ।
मध्य बेला संग्राम् भयो, कोही कोही वीर ॥३८॥

जापान् बढ्‌छ हीन्दुस्थान्‌मा, भन्थे यस तीर ।
तर तेस बखत् आये, हुन्थ्यो बृटिस् पीर ॥
पञ्चम जारका, तपस्याका जोड्‌ले ।
जापान् तेसै बसी रह्यो, मित्रभाब मोज्‌ले ॥३९॥

धन्न्यधन्न्य बृटिस् सर्कार, बुद्धिवान् छन् धेर ।
गोर्खालीको खुकुरि मार्, काहाँ जाला खेर ॥
यूरोप् सङ्ग्राम् आखिरमा, जीत हाम्रो होला ।
तर रुस्‌मा जर्मन् बढ्यो, हानि हानि गोला ॥४०।

यता काट उता काट, हान हान हान ।
यहीदेखि आर्को शब्दै, थेन कहिँ जान ॥
रुसीहेरू खुव लड्थे, तर बलहीन ।
हुँदैगयो तिनीहेरु, भये खूब दीन ॥४१॥

इश्वरको चालामाला, बुझ्न कस्‌ले पार ।
दिनदिन हुँदै गयो, झन रुस्‌को हार ॥
जर्मन् भने उनमत्त, भयो मन्‌मा धेर ।
तहस् नहस् गर्दै गयो, रुस्‌मा भइ सेर ॥४२॥

हानीहानी बन्दुकले, मिसीन्‌गन्‌को घेरा ।
कचाकच पारिहाल्यो, काटे झञि केरा ॥
रुसीहरू भन्न लागे, जर्मन् पापिनीर ।
दाउ हाम्रो चल्ने भेन, पार्‌यो खुब पीर ॥४३॥

मन्‌मा सबै अतासीयो, संग्राम् हुँदै हार ।
गर्छन् पाया षढयन्त्र, वात्सासन्तान् मार ॥
अलच्छीनीहरूको ता, मुखमा नहेर ।
जरिनाका वसमहाँ, जार छन् धेर ॥४४॥

जारिनाले सके भित्री, दिन्छे खबर् आज ।
रूसीयाको सकेसम्म, बनदीन्न काज ॥
भनी भनी थाप्‌लामाहाँ, हाने सबैलाई ।
अघि पछि गर्दैगर्दै, प्राण लिये हाइ ॥४५॥

वात्साका ता सन्तानको, नीर्मुल गराये ।
प्रजातन्त्र रुसीयाका, देसको तुल्यायो ॥
युरोप् पट्टि राजाहुनु, तर्वारको धारै ।
कत्रो वात्सा प्राण गयो, जडै चैन साह्रै ॥४६॥

देस् देस् फर्क बुद्धि काम, हीन्दुस्थान्‌का तारा ।
वेणुदेखि पतिहास्‌मा, आर्को छैन न्यारा ॥
पापि अधम् अति हुँदा। वेणुराजा सेखी ।
हीन्दुस्थान्‌मा उतारेथ्ये, अर्को छैन लेखी ॥४७॥

युरोप्‌पट्टि राजा पैल्हे, मारे फ्रान्सबाट ।
ठाम् ठाम् तिनका इतिहास्‌मा, देखिइन्छ बात ॥
रूस्‌मा त बोलसेवि, जन्म भयो ताहाँ ।
राजभरि विपलवै, लड्नू फेरि काहाँ ॥४८॥

बढे बढे जर्मन् गोली, हानि फोरि छाती ।
रूसीयाका रिदयको, छिया छिया काटी ॥
भूमीमाहाँ ठुलो फागु, खेले झञी रङ्ग ।
रगतले ढाकी दीयो, भये जर्मन् दङ्ग ॥४९॥

तोप र बन्दुकको, पिचकारि भाइ ।
रक्त चुसी अबीरझै, धुवाँ आस्‌मान् जाइ ॥
ढाकिदियो गुलाबि, बादल्‌सरि छाइ ।
वसन्तको बाहारझैँ, बोल्यो कोइल् आइ ॥५०॥

खोस्‌भै लड्‌थ्ये जर्मन् दिनरात्, खान कोई दिन ।
मौसर नपरेम ता, लाग्थ्यो बाँडीइन ॥
मट्यामग्राका गोलिजत्रो, त्यो खाइ खाई ।
बाह्र घंटा आड हुन्थ्यो, भोक प्यास जाई ॥५१॥

फेरी माथै रूसियाको, लडि लडि हाई ।
चारौ तर्फै जमिनमा, ढाकिदिन्थ्यो छाइ ॥
यस्तै रित्‌ले हाराबारा, गरि मास्को तीर ।
बढ्दै गयो रूसियाको, नराखेर विर ॥५२॥

मांसहारि गिद्धहरु, स्याल कुकुर जुधी ।
लुछाचुडि गर्दथ्यो, चारौ तर्फ लुडी ॥
भयानक दृष्य देखी, पग्ली जाने बुद्धी ।
हाहा भनी विकल् थिये, नभयेर सुद्धी ॥५३॥

पैल्हेदेखि पेड्रोगाट, सहर भारि थियो ।
झन पुग्यो नजिकमा, होस उडीगयो ॥
सन्धी गर्छु भनी रूसले हस्तपत्र दियो ।
गलीगली सत्र सन्‌मा, सन्धी गरि लियो ॥५४॥

विजित्‌ देस यो काल्‌माहाँ, जर्मन् छोडिदियो ।
पैल्हे लडी गोर्खा धेरै, बृटिस् भूमि लियो ॥
काल्‌लै गर्दा इतिहास्‌को, फर्क खुब देखी ।
सय वर्ष पैल्हा रण्‌को, उल्लेख गरँ लेखी ॥५५॥

रूस्‌ले हार्दा मित्र पनि, भयेथ्ये अधीर ।
तरपछि रूस्‌को चाला, झन्‌मो शत्रुपीर ॥
जीतको देसमाहाँ, सन्धी रूसबीच ।
भये भन्दा पछि फ्रान्समा, सबै मिलि खिच ॥५६॥

गरे सन्धि सबै भन्दछन्, जर्मन पारे निच ।
जब भयो सन्धीहरू, धनी किचकिच ॥
भन्दै रूसमा कमान् लियो, बोलसेवि मत ।
रून लागे धनि भन्दै, के के हुन्छ गत ॥५७॥

वात्साको बखतको, कर्जा लिनुदिनु ।
ढिसमिस गरिदियो, नराखेर चीन्हु ॥
बोलसेविक्‌ मतको ता, जन्मदाता लेलिन् ।
अम्रिकादि यूरोप् इ संङ् रूठि गयो दिन्दिन् ॥५८॥

यस्‌को कारण सुन भाइ, वात्साइ रूस्‌मा जो ता ।
कर्ज थियो बहुतइ, अम्रिकादि को ता ॥
दिनलाई नामञ्जुर, हुँदाखेरी फेरी ।
धन्‌वान हेरू भित्रभित्रै, मिले पेच हेरी ॥५९॥

अम्रिकादि तोड्न खोजे, वोल्सेविक्‌को ताहाँ ।
बृटेन सहित युरोपका, वात्साहेरू वाहाँ ॥
रूसियाकै देसिको ता, उकसाइ साइ ।
तोड्न चेष्टा मद्दत गरी, खूब लडे हाइ ॥६०॥

लेलीनको बुद्धि काम्‌को, पार क्यै नपाई ।
धेरै पछि चुप रहे, हार खाइ खाइ ॥
लेलीनको जन्म सुन, रूसियै हो देश ।
दुखी प्रजा खुब पीडीत् नदेखेर बेस ॥६१॥

उठी हाले स्वाधीन् गर्ने, इनी कंबर् कसी ।
दुख पाये प्राणान्तको, नेल्‌मा परे बसी ॥
तैपनि प्राण लिइ झालखानाबाट भागी ।
फेर ये मौसर् पाइ, विदेस्‌वाट जागी ॥६२॥

साहस र बुद्धिको ता विर हुन् ठुला खानी ।
मनी लेऊ इझैँ आर्को, छैन भनि जानी ॥
ठुलाठला जमिंदार, ठुला धनी मानी ।
सब्‌को यक्‌नाश गरिदियो, बिनिबिनि छानी ॥६३॥

दूखीलाइ सुख दिये, खान लाउन भारी ।
धनी उन्माद् नाशिदिये, सब ठाम् चाहारी ॥
फेरि रूस बढाउनै, लागे दिलज्यान् धसी ।
पर्सिया र यता उता, फोरे इनी पसी ॥६४॥

बिलसेविक् मत सुन्दै, घुसे दुखि फसी ।
सन्धी गर्दै छोडिदियो, नराखेर कसी ॥
बिलसेवीक् मतको ता, ठाम् ठाम्‌मा प्राकास ।
अझ पनि गर्छन् इनि, धनि मान्‌छन् त्रास ॥६५॥

पछी बन्यो ग्रनथ पनि कति छोडु बात ।
सन्धी गरी अफगान्‌को, पछि लियो हात ॥
घुसी गयो चीनतिर, मङ्गोलिया राज ।
फुटायर सन्धि गर्यो, चौविस् सन्‌मा काज ॥६६॥

चीन् जापान् सन्धी गर्‌यो, रूस्‌ले बसी माझ ।
चौबीस् सन्‌कै आखिरि तक्, बढाइ रुसको राज ॥
कायम्‌ ति गरी लेलिन्, मरे रूसका ताज ।
अझ पनि युरोप र, यसीयाका गाज ॥६७॥

भन्दैछन काम गर्ने, उनैजस्तो चाल ।
छोड्ने छैन बोलसेविक, गर्ने परे ताल ॥
मधुर चलाक् छन्, फिजाउने जाल ।
बोलसेविक् मत क्या हो, ज्यादुसरि माल ॥६८॥

के छ तेस्मा मंत्र सुन्यो, उहि फस्छ जाल ।
गरिब्‌लाई बेसै भन्छन्, धनवान्‌को ता काल ॥
युरोप् भारत् सबै लेखेँ, ठुलो बन्छ मूल ।
रूसको रण संक्षेप् लेख्यँ, माफ राखी भुल ॥६९॥

रुची गरे ग्रन्ञमाहाँ, इश्वरको खेल ।
मर्जि भये नारायण्‌को, अरू पनि मेल ॥
सकेभर पुरा होला, सब्‌को पुगोस् आस ।
गौरीशङ्कर शर्णै परूँ, तत्सत् भनी खास ॥७०॥

पं नरेन्द्रनाथ मुखिया कृत युरोपीय महाभरत
रूसपतन उद्धरण वर्णन दोस्रा खण्ड पूर्वार्द्ध ॥
॥समाप्त॥

दुख् हरून् शिव हिमाल् रङ् म देखछु राज सब् ठाम् छन् ।
गणेश् लिइ अधि शक्ति, बजाइ नुपुरै चल्छिन् ॥दुख॥
भगत्‌को दुख नै टारी, ती घुंम्छन् यो त्रिभुनैबन् ।
भई-रा-अक्षरैशक्ति, मरुप् स्वयं शदा शिव छन् ॥दुख॥
दुबै अक्षर् मिलि तारक्, श्रीरामै हुन् सबै तार्छन ।
बसुन् स्व हृदयेमाहाँ, सबैको पार पार्नेछन् ॥दुख॥
अहित् हित् धर्म नियम्‌को, कलिमा छैन क्यै थाहा ।
तथापि हे प्रभो शम्भू, अनाथ्‌को लाउ पार् माहाँ ॥दुख॥
श्रीकाशीवासिको तारण्, स्वुम् राम् प्राणधारै छन् ।
बन्यो यो शिवकाशीमै, जहाँ पाप्‌योनि सब् तर्छन् ॥दुख॥

फ्रान्समाहाँ हति अघोर, सङ्‌ग्रामको भीड ।
दलिमलि पार्दै जर्मन, भन्दै गयोनगीड ॥
यताउती जमिनता, जीती जीती देश ।
बढ्दै गयो जर्मनले, लीइ गाउँ बेस ॥१॥

नम्बर् नम्बर् टाँगियका, फ्रान्समा पाहाडी ।
तेसै तर्फ बढ्‌दै गयो, जर्मन ता फाडी ॥
लड्न लाग्यो टाकुरामा, पाहाडका चुलो ।
पुगी गयो जर्मनले, फ्रानसीस् पारि धुलो ॥२॥

फिरायर फ्रान्सीस पनी, कैल्हे दिन्थे सुला ।
नाशै पार्थे जर्ननिको, काटेझञि मुला ॥
फेरी अनि जर्मनले, रिस उठि ज्यादा ।
अविसर लगायेत, मार्यो धेर प्यादा ॥३॥

खुब मौका परिस् हान्न, केले पाहाड् रन्न ।
सबै फौज लडिलडि, पारी लियो सन्न ॥
जर्मनले तोप हान्ने, चलीस माइल् गोला ।
सब्‌को मन थर्थर् हुन्थ्यो, गडेझञि सिला ॥४॥

तैपनि फ्रान्सीसीले, प्राण्‌दिइ लड्थ्ये ।
सुरत्व र विरत्व ता, हार्नु छैन भाइ ॥
जाउँजाउँ लड् पापी, जर्मन धपाइ ।
पछीतक जीती लीम्‌ला, नघटाये सूर ।
ह्वैन भने ऐल्हे पार्छ, जर्मनले चूर॥५॥

भन्दै सबै आगो सर्‌यो, मित्रमण्डल् मेल ।
तोप र बन्दुकको, चलायेर भेल ।
ठुलो मद्दत् हाम्रो नाशी, खुव् लड्यो भन्थे ॥
मित्रमण्डल् तर थ्येन, कुनै बात फेल ।
तोपको गडाङ्‌गगुडुङ्‌ग, मिसिनगनको खेल ॥६॥

लाग्यो ताहाँ शब्द हुनै, वज्रसरि भेर ।
जर्मन्‌ले गिरे पानि बुँदझैँ, किन जान्थ्यो खेर ॥
ठुलो पर्दा असिनाको, लेख्‌मा जस्तो ढेर ।
लाग्यो थुप्रो जब अनी, वीर जर्मन् सेर ॥७॥

किन चुप लाग्थ्यो पापी, नगरेर डेर ।
आगोझञि बलि उठ्यो, क्रोध लिइ धेर ॥
घाम् लागी विलाएझै, तुसाराको चाल ।
फ्रान्सीस् अङ्‌ग्रेजलाइ ऐल्हे, नराखेर गाल ॥८॥

भन्दै ताहाँ उठि पार्‌यो, बहुतको काल ।
धेरै नम्बर पाहाड् थियो, लड्दै वित्यो साल ॥
जिति लीयो जर्मनले, बुझिदैन चाल ।
प्राण दिइ फ्रान्सीस् लडे, टारिहाले गाल ॥९॥

क्वै क्वै पाहाड् फिर्ता गरे, नम्वरको ख्याल ।
छैन भाइ कति लेखुँ, ढाट्‌नै मेरो चाल ॥
जब लियो पाहाड्‌हरू, जर्मन् पायो माल ।
भन्न लागे प्यारिस् लन्डन, पार्छौ गोलमाल ॥१०॥

जस्तो भन्दछन् उस्तै ताहाँ, लागे तिनि गर्न ।
चालिस् माइल् बढदै जाने, लागे गोला बर्न ॥
जब हान्यो शब्द भइ, आधा बाटो जान्थ्यो ।
फेरि शब्द भइ तातै, पुगि काल्‌झैँ खान्थ्यो ॥११॥

सुन सुन तिन चार, ह्वैन सात् हात् गोला ।
तेहि माफिक् ठूलो तोप, जानी लिन होला ॥
जाहाँ गिर्‌यो पृथिविमा, कुवासरि खास ।
निस्कि पानी गैह्रो भइ, पारिदिन्छ त्रास ॥१२॥

द्वापरजुगका अर्जुनको, आउनेको गाण्डिव याद ।
कुन सक्‌छ कलिजुगको, मानिस खप्न स्वाद ॥
तेस्ता रितका अनथ्‌को, देस संहार् गोला ।
हान्नै जागे प्यारिस् लणडन, पारि कोल्हाकोल्हा ॥१३॥

तैपनि फ्राँन्सीस अङ्गरेज, वीरै हुन चोला ।
माया मारि सन्मुख लडे, छाति थापि गोला ॥
डग्‌मग् भयो सारा पृथ्वी, नदी नाला खोला ।
अङ्ग्रेज वास्ता बूझिहाले, महाभारत् होला ॥१४॥

आफ्ना फौज हिन्दुस्थान्‌का, वीर गोर्खा फेर ।
सुरा जाति सिख सहित, काला पल्टन् धेर ॥
हिन्दुस्थान्‌का खुव गये, झिकायर हेर ।
रङ्‌गुन चिनिसांका पुगे, नगरेर डेर ॥१५॥

लिञे लिञे फ्रान्सलाइ, जर्मन् भन्दै थियो ।
गोर्खालिले पैल्हे मुहार, सन्मुख् लडिलियो ॥
पहाड्‌सरि अडि विर्‌ले नामै राखे वाहाँ ।
मारे मारे शत्रु थुप्रो, पसी आगो माहाँ ॥१६॥

भस्म भये आफु बरु, मार्दै णाग्‌थे काहाँ ।
मन्‌को मन्‌मै मिट्यो जर्मन्‌, गोर्खा चिन्हो ताहाँ ॥
हीन्दुस्थानि सिख पनी, लागे दुख दीन ।
वीरत्वले लडी हाहा, पारे छोड्थ्ये कीन ॥१७॥

यस्तै रित्‌ले लडिभिडी, बित्यो येक साल ।
फ्रान्समाहाँ तर वढ्यो, नसकेर चाल ॥
पेरि पनि हिन्दुस्थान्‌को, मद्दत् गो तमाम ।
फ्रान्स हिडे विकानेर, राजा बोली राम ॥१८॥

गढुवाली पल्टन्‌सङ्‌मा, जोधार्जङ्ग राणा ।
हिन्दुसेना अरू गये, राजा ठुलासाना ॥
बीरत्वले टाइटिल् पाये, जोधार्जङ्ग लडी ।
सबै फौज मर्दा पनी, लडे सन्मुख् बढी ॥१९॥

गोर्खा सर्‌कार् पलटन् आयो, सारा हिन्दुस्थान ।
फौजका जर्नेल्‌साहेब, बबर्‌सम्सेर राणा ॥
पद्मसम्सेर् जनरल, तेजसम्सेर राणा ।
इन्द्रसम्सेर आदि फेरी, अरू ठुला साना ॥२०॥

रक्षा गरे हिन्दुस्थान्‌को पश्चिम् छौनि सारा ।
छौनि छौनि बाँकि फौज, नेपालको भारा ॥
विस्वासले सर्कारको, अरू फौज धेर ।
डिल्लीतखत निश्चिन्त भै फ्रान्स हिड्यो फेर ॥२१॥

लेखे ञहाँ बन्छ सबै, महाभारत् ठुलो ।
पछी भेको कति छोडुँ, थोरै चुटकुलो ॥
येहओ लेखि पूर्ण पार्छू, जर्मन् लडाञी क्रुद्ध ।
हुँदै थियो उता यता, सिमानामा जुद्ध ॥२२॥

छेडिहाल्यो मसुदाले, तेस्‌को बल सारा ।
लीइहाले गोर्खालिले, पारि हारावारा ॥
पल्टन् थियो गोर्खालिको, मैन्द्रमल आदी ।
मसुदाका जातको ता, जिते खाँदिखाँदी ॥२३॥

विरको टाइटेल मिल्यो पद्म, बबर जर्नेललाइ ।
जर्मनसँग सन्धि भइ, पछि काबुल धाइ ॥
चढीहाल्दा हिन्दुस्थानमा, गोर्खा फेरि आइ ।
काबुललाइ जितिदियो, कहुँ कती भाइ ॥२४॥

फ्रान्‌सकै ता धमाधम्‌मा, आर्कोतिर सेखी ।
गर्दै लड्‌थ्यो अफ्रिकामा, सो संक्षेप लेखी ॥
लेखूँला फ्रान्सको सब्, लडाञी ता भारी ।
लडे दुवै अफ्र्कामा, उफ्रि उफ्रि मारी ॥२५॥

तर धेर् देस् अफ्रीकाको, पैल्हा झंटामाहाँ ।
जिती पसे जर्मनले, दुख दिये वहाँ ॥
हान हान ताक ताक, सन्मुखमा जाइ ।
येहि देखि आर्को शव्दै, थ्येन काँहि हाइ ॥२६॥

येता हेर्नु उता हेर्नु उता हेर्नू, धन्य हेछ काज ।
वीर बैटिस् अङ्ग्रेज् सर्कार, झंटेझञि बाजा ॥
ठूलो मद्दत लिइपुग्ये, जितिलिये राज ॥
अफ्रिकाको देस धेर्‌मा, राखे श्रीपेच् ताज ॥२७॥

यि बात् लेख्ये पछि बिच्‌को, फ्रान्समाहाँ सून ।
फेरि पुगि मद्दत् भयो, ठूलोयुद्ध गून ॥
फ्रान्स देस भइगयो, कुरूक्षेत्र जस्तै ।
मित्र फौज् र जर्मन् लडे, सूर चढि मस्तै ॥२८॥

दुखैले दिन बित्थ्यो, पाइ धेर कष्टै ।
खानु पिनु सुत्नु काहाँ, चारैतर्फ रक्तै ॥
तैपनि रणमाहाँ, वीर अलमस्तै ।
हनगन्ती सेना थिये, सल्ह आयेजस्तै ॥२९॥

थुप्रो लाग्यो मनुष्यको, काटि काटि रक्त ।
खोला बह्यो फ्रान्समाहाँ, भयो विपत् बख्‌त ॥
आकासमा उड्ने फेरी, हवाइजहाज ।
तेस्मा उडि हान्न लाग्यो, जर्मनदधिराज ॥३०॥

बम छोड्‌दै हमला ता, लन्डन् प्यारिस्‌लाइ ।
गर्न लागे बिरालो चाल्, सहर्‌माथी जाइ ॥
धेरै गरे नोक्‌सान ता, कही सक्‌नु काहाँ ।
पारी हाले फ्रान्स लन्डन्, हाहाकार माहाँ ॥३१॥

अवाज् नदि आकासमा, उड्ने त्यो ता चित्र ।
देखि चिन्ही वख्त हेरी, पस्थे सुरङ्‌भित्र ॥
देखियेन भने ता, मारीहाल्थ्यो झट्झट् ।
जान्छ स्वर् दि यस् तर्फको, हवाइजाहाज् कट् कट् ॥ ३२॥

लुकि जान्थे जर्मन ता, मार्नै मुस्कील् ताहीँ ।
जर्मन् भने रात साँझ, मौका पार्थ्यो वाहीँ ॥
सुस्त गइ सुस्त गइ, बिजुलिका चाल ।
दुखख दिइ मारिहाल्थे, रचि रचि जाल ॥३३॥

जता पायो उता हेरी, खजना उडाइ ।
फेरि राम्रा दर्वारको, कालै भये भाइ ॥
आफ्नू धर्म कर्म जर्मन, नराखेर भर ।
बम् हान्थे नोक्सान् पारी, गिर्जामाथि घर ॥३४॥

यस्तै गरि लडि लडि, दीन गयो धेर ।
जर्मनको फौजहरू, जीत्तै भयो सेर ॥
अनि बात्‌चित् मिलाउनै, अङ्ग्रेज फौज लाठ ।
चढी हाले रूस जान, तिनी गुप्तघाट ॥३५॥

जाँदै जाँदै छल्दै जाहाज्, पुग्यो दूरमाहाँ ।
तर पायो जर्मन् थाहा, छाड्थ्यो अनि काहाँ ॥
अङग्रेज् समान् धेरै जाहाज्, ठूला थिये ताहाँ ।
पानिडुब्बि भित्रभत्रै, चालै नपाइ वाहाँ ॥३६॥

ठिकै पारि मुनि आइ, छोडि तारपिरो ।
जहाजहरू डुबाइदियो, भयो झिरो चिरो ॥
येक पनि हेन कोइ, मरे जलभित्र ।
किच्‌नर् विर्‌को तस्तो मृत्यू, हुन गो विचित्र ॥३७॥

दैवागत्ता बुझ्‌न सक्‌छ, कस्ले काल्‌को ञाहाँ ।
खवर् छायो मित्रमण्डल्, सुनी मुखै ताहाँ ॥
मुरझायो जेष्ठ मास्‌मा, रूख झुरेसरी ।
शोक्‌ले जले अङ्ग्रेज् सर्कार, सारा देस भरी ॥३८॥

विदा भयो निजामती, जङ्गी कामदारी ।
खुस् भो जर्मन् जित्छौँ भन्दै, शत्रु जान्छन् हारी ॥
जर्मनको राइन् नदी, जो छ किनार्‌नेर ।
मोर्चा थियो सेनापती,, हिन्डन्‌बर्ग फेर ॥३९॥

बढाइदियो प्यारिसतिरै, सेना विचारेर ।
नाश गर्न जर्मन् फौज्‌को, बुद्धि लाइ धेर ॥
आश्चर्यको मित्रले फेर, बनाइ हाले टङ्की ।
जल थल पाहाड् सब्‌मा, हिड्‌ने रन्किरन्की ॥४०॥

फौज पनि बस्न हुने, धेर भाइ हेर ।
शत्रु बम्‌का गोला लागी, खस्थ्यो फुल्झैँ भेर ॥
बिच बिँमा आफु हान्ने, प्वाल छन् छेदेर ।
तेस्तो टन्कि बन्दा भित्र, खुस थिये धेर ॥४१॥

ताहाँ नाशन् शत्रुलाइ, क्यै थेन बेर ।
मार्दै घुमे टंकी रनकी, शब्द खूब् गरेर ॥
तर विर जर्मनले, नाश पार्ने ठानी ।
थ्येन कम्ति जर्मन् पनी, तेस्को मार्‌कजानी ॥४२॥

बनाइहाल्यो झिनु तार, लुकाइ पृथ्विमाहाँ ।
चूर्ण हुने टंकिको ता, पाङ्‌रा पर्दै ताहाँ ॥
भयेन मनोरथ् ता, मित्र सिद्धि काज ।
के गरूँ सकेभर, गरेथ्येउ आज ॥४३॥

भनी खंचे झन सुरी, बढ्यो जर्मन जात ।
साह्रै दुख दिन थाल्यो, दिन्‌मै पारि रात ॥
तै ठुलो बन्दोवस्त, घायल् हुने साथ ।
खोजी ल्याउँथ्ये असपताल्‌मा बोकिबोकि माथ ॥४४॥

तिन्लाइ ता मन्‌को सबै, ताहाँ लाउँ खाउँ ।
थियो भाइ अस्‌पताल, दुवै ठाउँ ठाउँ ॥
यता थियो पक्रियका, फौजलाइ सुखै ।
उता भन्थे जर्मनले, धेरै दिन्थ्यो दुखै ॥४५॥

यस्तो गर्दै लड्दा लड्दै, गयो दुइ वर्ष ।
कैल्हे काहिँ यक् दुइ कोस, हटाइ पर लग्थे ।
खुसि हुन्थ्यो मन झन, जर्मन दोब्बर् बढ्थ्यो ॥
मैदान् गड्दा पाहाड् मैदान, रगतको खोला ।
पारीदियो फ्रान्समाहाँ, हानि हानि गोला ॥४६॥

उन्मादले हामिजस्तो, को होला होला ।
भन्दै लागे दल्न जर्मन्, नराखेर चोला ॥
हाहाकार बढ्दै गयो, सारा देस घर ।
जर्मन् सर्कार् भने मान्यो, घास्‌झैँ पृथ्विभर ॥४७॥

समुन्द्रका भित्रभित्रै, माइन् पर पर ।
जर्मनले विछ्यायेथ्यो, पारी थरहर ॥
जाहाज् छुँदै माइनमा, हुन्थ्यो चक्‌नाचूर ।
जस्को मिल्यो डुबाइदिन्थ्यो, जाहाज खुरखुर ॥४८॥

भन्दैनथ्ये वेपारि फेर, आर्को सर्‌कार् काज ।
जस्को मिल्यो डुबाइ हाल्थे, जर्मनले जहाज ॥
यस्तै रित अत्याचार, देखि देखि धेर ।
मद्दत दियो पटालि देस्, फ्रान्सैतिर फेर ॥४९॥

पैल्हे बसे चुप्‌चाप्‌ बिच्‌मा, जर्मन् गुटको यिनी ।
छोडिदियो पैल्हा सन्धी, कोइ भन्छन् खुनी ॥
तेस्तइ ता खानु पिनू, हुन्छ यो काल् गुनी ।
तर जित धर्मै हुन्छ, यक्‌बार्‌को छ जुनी ॥५०॥

ध्वजाको चिन्हले ता, अम्रिकाको राज्‌सङ् ।
थियो जर्मन् पहिले ता, नगरो केहि तङ् ॥
त्यो अर्थ चुप्‌चाप् थियो, अम्रिकाको देस ।
यक् दिन् जहाज् समुद्रमा देखे बेस ॥५१॥

जाइलागे जर्मनले, बोले मानिस तहाँ ।
अम्रिकाको जाहाज् चिन्ह, नाश्‌छौ किन ञाहाँ ॥
सुनु भने जर्मनले, जहाज चिन्ह भेष ।
बद्‌लिन्छ सब्‌ले यो बात, अब हुन्न पेस ॥५२॥

यो दि उत्तर् सरजिमिन क्यै नबुझि मद्‌ले ।
लडे अघोर् सकेभर, डुबायो जर्मन्‌ले ॥
येहि बात विष भयो, पछि हार्‌यो जर्मन् ।
ऐना छाञा जस्तो चाँडै, खबर् पुग्यो सन्‌सन् ॥५३॥

मद्दत् माग्थ्ये अम्रिका सङ्, भित्र दिइ तन्‌मन् ।
देको थ्येन मद्दत् सुनी, तस्ले खुस्‌भो मन्‌मन् ॥
लेखी हाल्यो अम्रिकाले, क्रुद्ध भइ फन्‌फन् ।
शान्ती खोज्छौ भने गान, खति हर्जा छन्‌छन् ॥५४॥

भनेर लेखेको रती, नमानेर झन् झन् ।
वीरै हुन जर्मन् जाती, सारा देस रण् रण् ॥
गर्न आवोस् जित्छौँ हामी, बाधिँ बाँधि टन्‌टन् ।
यस्तो मन्मा गरि लियो, अटेर् भइ ठन्‌ठन् ॥५५॥

कस्तो थियो जितको उन्माद, सुन सानु बात ।
जर्मन्‌तर्फ थियो राजा, बल्‌गेरिया जात ॥
सानै थियो तर पनि, जित जर्मन देखि ।
हाँक दिन्थ्यो ठुला सङ्‌गमा, पैल्हे गरि सेखी ॥५६॥

तर अघि हाहाकार् ता, बल्‌गेरिया राज ।
प्रजा गर्‌यो रण्‌मा भाग्यो, नमानेर लाज ॥
फ्रान्सलाई मद्दत् दिन, अम्रिकाले आयो ।
दिन् दिन् अघोर संग्राम् बढ्यो, दुख सब्‌ले पायो ॥५७॥

लागे मानिस् काटिइन, कचाकच ताहाँ ।
रगतले ढाकिदियो, फ्रान्स देस माहाँ ॥
कैल्हे गर्थे हमला, तर्वार् झिलिमिली ।
पल्टन फेरि रिसल्लाको, कैल्हे हिलिली ॥५८॥

घोडचढि फौज बड्थ्यो कँहि छिलिभिली ।
पारि हाल्थे भाला हानी, हिन्दुस्थानि मिली ॥
कोहि ठाँउ चार तर्फै, मिसिन्गन्‌को मार ।
तोप हान्दै हज्जारन्‌को, गर्छन् वारपार ॥५९॥

मरि मानिस् घोडाहरू, शस्त्र अस्त्र भर्‌यो ।
फ्रान्सका देसमाहाँ, ठुलो विपत् पर्‌यो ॥
बढ्‌दै चेपे मित्रहरू, तै विर जर्मन् ।
प्राण् होम्दै आगे सरे, प्यारिस् पारि हन्‌हन् ॥६०॥

प्यारिस् सहर् पुग्नलाइ, चौध पन्‌ह्र मेल ।
बाकि राख्यो जर्मनको, ठुलो फौज भेल ॥
तेस्तो देखि फ्रान्सीस्‌हरू, भन्दै पार्‌यो जेल ।
तन मन दिइ लड्यो, मित्रमण्डल मेल ॥६१॥

पाहाड सरि अचल भै, छाति पनि थापी ।
हान्न लागे फ्रान्सीस्‌हरु, जर्मन डर्‌यो कापी ॥
तैपनी आगे सरे, झन च्यापी च्यापी ।
बाँकी राखे प्यारिस् पुग्न, ग्याह्र मयेल नापी ॥६२॥

मानिस मरे तस बखत्, अनगिन्ति ढाकी ।
मरेका क्वै उठ्‌न लागे, कबन्धको झाकी ॥
हेर्न लागे मानिस्‌हरू, चारौतर्फबाट ।
कबन्ध ता हान्दै उठ्थ्यो, अस्त्र लिइ हात ॥६३॥

आश्चर्यले हेर्थे यसियन्, यूरोपियन् जात ।
कोइ छेडी गोली कागी, येक सूरमा त ॥
नदेखुन्‌ज्याल् हिड्दै जान्थे, देख्दै छोडि साथी ।
हंस उडि स्वर्गे पुग्थे, तात्तातइ माथी ॥६४॥

कोहि भन्थे मार मार, कोहि तर्वार हान ।
कोहि भन्थे तेसलाई, भाइ तान तान ॥
भनि भनि मारि हान्थे, सिंहसरि जान ।
कतिकति अर्ध सिर् छनन्, काटियका कान ॥६५॥

खुट्टा छैन कोहिको ता, हातै छैन ताहाँ ।
मुढा सरि परेका छन्, भुमिबिच माहाँ ॥
कुनै भन्छन् बढी बढी, नभाग् भग्छस् काँहा ।
भनि फिराइ संग्राम् गर्थे, घुमिघुमि ताहाँ ॥६६॥

मानिस माथि मानिस थुप्रो, छोप्यो रण्‌मा ढाकी ।
हिड्नलाइ ठाम थेन, संग्राम् बढ्‌यो राँकी ॥
घाइतेका आलाप्‌विलाप् सुनि चिर्छ छाती ।
पग्ली जान्थ्यो कठोर् पनि, नलागेर जाती ॥६७॥

कराइ कराइ सिंहसरि, घुमे जर्मन् माती ।
दुबै थरि खुब भिडे, जस्तो लड्‌छ हात्ती ॥
यस्तो संग्राम् बयेन, कोहि दिन ताहाँ ।
सारा भयो डगमग, फ्रान्स भूमिमाहाँ ॥६८॥

यस्तो रितको ठुलो संग्राम, प्यारिस् निर पर्‌यो ।
प्यारिस लिन्छु भन्दै सखाप, जर्मनले गर्‌यो ॥
आफ्ना फौज धेर मराइ, सातो हर्‌यो हर्‌यो ।
थर्र भइ सबलाइ, ठुलो तातो पर्‌यो ॥६९॥

लड्न लागे बज्र जस्तै, शब्द गरि गरि ।
जस्तो जान्छ बत्तिमाहाँ, पुतलीकै सरी ॥
आस छोडि जान्थे सन्मुख, आगो माथि परी ।
बसन्तको गुरास् फुली, वनमा ढाके सरी ॥७०॥

रातो भयो फ्रान्सको ता भुमि वोरिपरि ।
खूब लडे अम्रिकाको, फौज आइ मरी ॥
तन् मन् दिँदै मित्रफौज बढ्‌यो आगे आइ ।
हट्नै पर्योद जर्मन् पनी, सेना खूब् मराइ ॥७१॥

तिनै लाख करिब् फौज, आयो भन्थे फेरी ।
पाँच लाख अम्रिकाको नगरेर देरी ॥
फौज आउँछ भन्ने हल्ला, चारतर्फ सुनी ।
हतास् भयो जर्मन् फौज मन मन गुनी ।७२॥

यता उता चारौतर्फ मृतकको हेरी ।
देख्‌थे धेरै मरेका ता, जर्मनकै ढेरी ॥
अधमरा कराउँछन् हाहाकार गर्दै ।
मर्नेलाइ स्याल कुकुर, गिद्ध लुचछन् सर्दै ॥७३॥

डर लाग्दो देख्दैमाहाँ, रगतको खोला ।
बगी गयो प्यारिस्तिहर, नराखेर चोला ॥
केहि सिप नचलेर, हट्नु पर्योो जर्मन् ।
फौज्‌ले सुन्यो चारैतर्फ, दिक्‌दार् भयो झन् झन् ॥७४॥

जर्मनका साथि भने, बल्‌गेरिया टर्की ।
अष्ट्रेलिया पैल्हे लडे, खूब गड्की गड्की ॥
राज्यमाहाँ हाहाकार् भै, तीनी गोडा मर्की ।
छोडी हाले विपत् पर्योै, सुस्त सुस्त सड्की ॥७५॥

जर्मन बात्सा कैसर् भने, जितैदेखि धेर ।
जस्तो होला तसो होला, अब यकै फेर ॥
आफ्नु शक्ति सबैलाइ, प्यारीस् चकनाचुर ।
पार्छू भनी तम्सीये, नराखेर धूर ॥७६॥

आकास् उडी लड्ने विमान्, जल्‌मालड्‌ने जहाज् ।
हुकुँदिये पैदललाइ, गुप्तिरूप्‌ले धिराज् ॥
जल थल अन्तरिक्ष, लड्‌ने सुन वीर ।
अविरसर भाइ सब्‌ले, नमानेर पीर ॥७७॥

आफ्ना आफ्ना सेना लिइ, चारौ तर्फबाट ।
फलानु तारिखमा, सबै बढी काट ॥
प्यारिस्‌लाइ लिइ पार, संग्राम् निरमुल ।
यो गुप्त बात गुप्ति राखी, गरनहिं भूल ॥७८॥

सत्य भन्छु जित्छौ भाइ, ऐल्हे सब कुल ।
प्यारीसको भाई मिले, पार्छौ पार्छौ धुल ॥
नाहीं भने व्यर्थै भयो, जीत्ने स्वरगुल ।
नमाने ता बात ऐल्हे, पेट्‌मा पर्ला सूल ॥७९॥

यस्तो हुकुम जारी भयो, तर फौज हेर ।
अम्रिकाको सेनाआइ, हट्नु पर्दा फेर ॥
अम्रिकाको धेरै फौज, आउने कुरा सुनी ।
चारौ तर्फ लेक्‌चर्‌बाजी नाना कुरा गुनी ॥८०॥

किन्न थियो जर्मनहरू, आफ्नु नाश धेर ।
देखि हतास् थियो मन्‌मा, दिकदारि लेर ॥
बढे बिग्रिजान्छौ भनी, दिल कातर लियो ।
हुकुम छोडी लड्‌ने बखत्, सब थर्‌थरियो ॥८१॥

पैदल फौज गोलअन्दाजी, आस्मान् घुम्ने विमान ।
जल्‌मा लड्‌ने जहाजिले, त्यागिदियो इमान् ॥
हात्‌को बन्दुक छोडिदियो, हवाइ जहाज् रिङ्न ।
जलथल अन्तरिक्ष, देखि सब् ठाम् विघ्न ॥८२॥

जर्मनका कैसर् वास्ता, भइ ठुलो खिन्न ।
भन्न गये दौडि भाइ, किन भयौ झिन्न ॥
कत्रो कत्रो देश गर्यौ , सब्‌ले छिन्नभिन्न ।
आफ्नु बल मलाइ ता, सकेनउ चिन्‌न्ह ॥८३॥

विर विर बन्दुक लेउ, नभयेर छिन्न ।
नउठेता शत्रु लाग्ला, जर्मनको पिन्‌न्ह ॥
जित्छौ भाइ सब मुलुक, नफाल नाम ।
नलडे ता राख्‌ने छैन, शत्रु नामठाम ॥८४॥

भनि खुब समझाए, अम्रिकाको जाल ।
रचियेको विलसन्‌को नबुझेर चाल ॥
भन्न लागे फौजहरू, चौध सर्त राम्रो ।
अम्रिकाका प्रेसिडेन्ट, विलसन्‌ले हाम्रो ॥८५॥

सारा देस्‌को हित हुने, समुद्र ता साजा ।
बिच्‌मा बसि सन्धी गर्छु भन्दै छन राजा ॥
किन लडू अरू सन्धी, जस्तै हवोस् काज ।
हाम्रो मन्‌को ठुलो बात, समुद्रको आज ॥८६॥

पुगि जान्छ बादसाहा, कोन पाउँ कष्ट ।
भन्दै चूप रह्यो फौज, भुल परि मस्त ॥
फेरी भन्न लागे कैसर्, बन्दुक् छोडि हात ।
विस्वास् छैन यस्तो सन्धी, हुन पछि बाट ॥८७॥

छोडिहाली मोर्चाबन्दी पछिबाट ञाहाँ ।
चल्ने छैन जोड तिम्रो, पुग्छौ काहाँ काहाँ ॥
मिलिमिलि झल्कायाको सुलि हाल्न लग्न ।
बुझ्दैनौ चालकाल, सन्धि देख्‌छौ मग्न ॥८८॥

कस्तो थयो जर्मनको, देस देख्यौ पैल्हे ।
कस्तो गर्योर कस्तो गर्न, मन थियो ऐल्हे ॥
बात काट्‌यौ पृथ्विभरको, हुन्थ्यौ श्रीपेच चुलो ।
पछि हौला दाँत्‌मा ढुङ्गा, लागे झञि धुलो ॥८९॥

भनी खूब समझाये, फौज भैगो लुलो ।
कुन थियो भावि लिखत्, टार्न सक्‌ने ठुलो ॥
दैव विमुख् भइ हाले, मन फिर्थ्यो काहाँ ।
जर्मन बादसाले, छोडीतख्त ताहाँ ॥९०॥

लाला आँखा सर्पझञी, स्वास फेर्दै भाइ ।
भन्न लागे हुकुम् त्यज्यौ, छोडँ तख्त हाइ ॥
इश्वरले रक्षा राखुन् जर्मन् देश माहाँ ।
भन्दै हिडे आँसु पुछ्दै, अब मिल्छन् काहाँ ॥९१॥

मोटरमा जल्दि देस, हालेण्डै छ बेस ।
शर्ण पर्न ताहिँ ले, छोडि आफ्नु देस ॥
हालेण्डमा कैसर् हिडे भन्न खबर छाइ ।
अन्धकार बै कालो बादल, छोपसरि आइ ॥९२॥

बिजुलिझैँ बाटोमहा, अविसर धाइ ।
आइहाले सत्कार् गर्नै आफ्ना वातसालाइ ॥
सलाम् गरे दिक्दार् थिये, हिन्डेन्‌वर्ग आदि ।
सेनापति इनि हुन सीन्की जस्तै गाडी ॥९३॥

धेर जिते देस इन्‌ले मोर्चाबन्दू छादी ।
सक्‌दैनथ्यो कोहि मोर्चा, इन्‌को तोड्‌न खाँदी ॥
विन् गरे देस्‌मा फिरूँ, लडी जित्छु आज ।
नहीं भने सँगै जान्छु, छोडि राजकाज ॥९४॥

विन्ती सुनि कैसरले, उत्तर् दिये वाहाँ ।
खल्‌वल् गर्योा प्रजा देस्‌मा, फिरि बेस् छ काहाँ ॥
अब बुझ हिडेन्‌वर्ग गयो जित देस ।
दैवविमुख् प्रजा भैगो, मुरखैको भेस ॥९५॥

तीमिहरू छोडि हिडे, काहाँ होला बेस ।
शत्रुहरू मिलिमिली, राख्ने छैन सेस ॥
सन्धि गर्दा निचिरेर, लिन्छन् जर्मन् देस ।
मातृभुमि हाम्रै हुन, माया लाग्छ ऐल्हे ।

विजित् देसहरू छोड्नु, हस्ताक्षर् बै सन्धी ।
सब्‌को फौज छोडेपछि, छोड्नु मोर्चाबन्धी ॥
कल्याण् होस मातृभुमी, भुल्ने छैन भाइ ।
कैल्हे काँहि मिलन आये, हालेण्डमा आइ ॥९७॥

यस्तो कहि मन्‌मा गुनी, पैल्हे जर्मन् जात ।
साम्यवादि बढ्नदेको, विस्मार्कप वात ॥
अनादरको फल संझी, चुडिचुडि आँत ।
बाधापरि कैसरले, ताहाँ पछिबाट ॥९८॥

रुदै भये बिदावारी, कती कहुँ बात ।
मुटुमाहाँ गाँठो पार्दै, हिडे दिनरात ॥
पुगिहाले हालेण्डमा, भयो सत्कार् ठुलो ।
तर पछि कैसरलाइ, नदिये ता धुलो ॥९९॥

पार्छौ भनी हालेण्डको मित्र बोले ताहाँ ।
यो रण् गर्ने खुनि पापी, मुल कारण ञाहाँ ॥
राख्‌न हुन्न कैसरको देउ सभामाहाँ ।
पुरपच्छ गर्छौ ठहे, आपराधि ञाहाँ ॥१००॥

कोही भन्थे कैसरको, बाँच्ने छैन प्राण ।
नदियेता हालेण्ड देस, राख्‌ने छैनौ जान ॥
भनि धम्काये मित्र तर, हालेण्ड र जर्मन् ।
कडा भइ बचाये खूब, विर्‌ले दिइ तन्‌मन ॥१०१॥

सुन भाइ बाद्‌साही राज्, दुर दुरका वाहाँ ।
युरोप र यसियाका, सबै जम्बा ताहाँ ॥
आइहाले प्रतिनिधि, सभा कार्यमाहाँ ।
राष्ट्र संघ तेसैलाइ, भन्दछन् बुझ ञाहाँ ॥१०२॥

सधैलाइ कायम् हो यो, सभा बात हेरी ।
सबइका सल्हा हाले, जाँचि बुझि फेरी ॥
काम सुरू भइहाल्यो, जर्मन् विजित् देस ।
उताकाले येता छोडे, यताकाले केस ॥१०३॥

पकडेका कैदी छोडे, नराखेर सेस ।
धीरे धिरे लड्ने फौज, गये आफ्ना देस ॥
अधिबाटै हात झिकी चारौ तर्फताहाँ ।
संग्राम् भइ सुनसान्ने, नभेंवरमाहाँ ॥१०४॥

इ काम् भयो सबै बुझ, अस्थाइ भइ सन्धी ।
जर्मन् परि पासामाहाँ, चारौतर्फ बन्दी ॥
छोडी हाल्यो मुञ्चनदी, ताहाँ जर्मन् फेर ।
आस्मान् घुम्ने जाहाज् दियो, पानिडुब्बि हेर ॥१०५॥

अनिपछि जित्ने मित्र, भये धेर खूस ।
पहिलेको चौध सर्त, पारिपारि भूस ॥
आफ्ना बल जमाउदै, जर्मन्‌पारे धुसी ।
लीये जमिन् पनि पछि, यता उता चुसी ॥१०६॥

यस्को हेतु अष्ट्रियामा, पैल्हे राज्यक्रान्ती ।
जर्मन्‌का बातचित् देखि, सन्धी गर्ने शान्ती ॥
लड्न छोड्‌यो इटालीसङ्, पैल्हे अष्ट्रियानी ।
देखी प्रजा राज्यक्रान्ती स्मेत जर्मन् पनी ॥१०७॥

गर्ने खोजी राज्यविप्लब्, सन्धि प्रस्ताव् छिडे ।
तेसो हुँदा जर्मनको सन्धि माहाँ गिडे ॥
अष्ट्रिया पनि गरोस्, के तेस्तै पर्योत बात ।
तब सारा जर्मनको दिन पाये लात ॥१०८॥

अष्ट्रियाले गये पनी, लड्‌दै थियो विर ।
हरेस् खाइ पछि छोड्यो, देखी चारैतिर ॥
अष्ट्रियाले लड्दो् हो ता, नछोडेर पैल्हे ।
लड्थ्यो जर्मन् कैल्हे गर्थ्यो, निचोर् सन्धि ऐल्हे ॥१०९॥

वात्सालाइ सम्‌झ बल्‌वान्, खेल्न जादै पौरी ॥
हातखुट्टा छोडि डुबे झञि पारे खौरी ।
फ्रान्सका सेनापती, खुस भये फक्स ॥
नञा जर्मनका प्रेसिडेन्ट देखि देखि मक्स ॥११०॥

जर्मनका सारा प्रजा, भये खुब चूर ।
यस्तो गर्लान् भन्ने जाने, किन छोड्थे सूर ॥
भन्न लागे मनमनमा। छोडि गयौ मुर्रा ।
अब उठी गर्न ऐल्हे, सक्‌छौ कहाँ हुर्रा ॥१११॥

यस्तो दिलमा बिच गर्यो , चुकिदियो बेला ।
खुंचिखुंचि रह्यो जर्मन, बस्यो सहि हेला ॥
अष्ट्रिया र जर्मनका, बात्सा छोडे राज ।
मारिलिये प्रजाले ता, रूसका धिराज ॥११२॥

साह्रै मुस्कील युरोपमा, राज गर्न काज ।
देव्‌ता भन्छौँ हामि कठै, मारि लिये ताज ॥
काडा हुकुम गर्ने राज्‌न, पिसिपिसि हिडे ।
सिधै राजा पैल्हे काल्‌मा, फ्रान्सले पनि गिडे ॥११३॥

जव हिड्यो संग्राम् छोडी, जर्मनको फौज ।
आल्सा क्लारेन्स प्रांतहरू लीयो फ्रान्स मौज ॥
राइन्‌नदि किनाराको, देसैपनि भोगी ।
जर्मनमित्र अष्ट्रिया ता, बसे भई सोगी ॥११४॥

उन्नाइस् सय् अठार सन् आखिरका बख्त ।
छोडि लड्न यक वर्ष, बितेपछि सख्त ॥
लो सन्धि कागजमा, सहि हाले ताहाँ ।
पैल्हे हात झिक्‌ने प्रजा, दुखी भयो वाहाँ ॥११५॥

मित्रतर्फ हुनगयो, सारा खुसीयाली ।
मित्रका मित्रहरू, ठुला शक्तिशाली ॥
टर्किको र अरओको स्मेत, जर्मन् केहि लिने ।
बाँड्ने इन्तीजाम गरे खुस्भै लिनेदिने ॥११६

तर टर्कि उस बखत् चुप लाग्यो ताहाँ ।
चाल बुझी वाद विवाद गर्न थाल्यो वाहाँ ॥
माहाराजा चन्द्र संसेरको राजनीति हेर ।
मद्दत् दिइ अंग्रेजलाई गर्योन ऐसान् फेर ॥११७॥

आयो पत्र धेरै पछि, गोर्खा हरका काज ।
मद्दत्‌देको लडाञिमा ठुलो बुझ्यौँ आज ॥
दस्‌लाख साल्‌को दिने गर्छौ निसान् रहोस ताहाँ ।
भनी दिये बृटिस् सर्कार्, गोर्खाराज्य माहाँ ॥११८॥

गोर्खा रबृटिसको, रह्यो अटुट् मैत्री ।
माहाराज् चन्द्र संसेर्‌को, रह्यो अक्षे किर्ति ॥
ऐनासरि सब भाइ, हेरुन् संग्राम् पनि ।
लेखे भुल माफ दिइ, हेर्नोस रस छ पनी ॥११९॥

धेरै षर्च मिहिनतलर ग्रन्थ लिइ पैले ।
निचोड पारि सकलि यो, सवाई लेख्यँ मैरे ॥
युरोपको महाभारत्, पूर्ण पारँ ञाहाँ ।
तत्सत् भनि शर्ण परुँ, सबै इश्वरमाहाँ ॥१२०॥

पं मु नरेन्द्रनाथ रिमाल कृत युरोपीय महाभारत
फ्रान्स संग्राम् जर्मन् सन्धि सहित नाना वार्ता
वर्णन दोश्रा खन्ड उत्तरार्द्ध
समाप्तं शुभम् ।

     

प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित