नियमावली

अनुसूची – १

(नियम ३ साग सम्बन्धित निवेदन)

श्रीमान प्रमुख जिल्ला अधिकारीज्यू,
जिल्ला प्रशासन कार्यालय, ललितपुर ।

हामीले साहित्यसम्बन्धी संस्था खोल्न चाहेकोले संस्था दर्ता ऐन २०३४ बमोजिम संस्था दर्ता गर्नका लागि देहाएको विवरण खोली निवेदन गरेका छौं । प्रपस्तावित संस्थाको विधान एक प्रति यसै साथ संलग्न छ ।

विवरण

(१)           संस्थाको नाम

यस संस्थाको नम “कवि पं. नरेन्द्रनाथ रिमाल वाङ्मय निधि” रहने छ तथा यसको कार्यालय ललितपुर उप–महानगरपालिका वडा नं. ४ मा रहनेछ ।

(२)          उद्देश्य

पं. नरेन्द्रनाथको स्मृतिमा एउटा कोष स्थापना गरी नेपाली वाङ्मयको उत्कर्षका निमित्त निम्नलिखित कार्यहरु गर्नेछ ।

(क)         स्वदेशी वा विदेशी लेखकहरुलाई प्रोत्साहन वा सम्मान दिने ।
(ख)        भाषा साहित्यसम्बन्धी शोध कार्य गर्नेहरुलाई आर्थिक सहयोग गर्ने ।
(ग)         ओझेलमा परेका कवि र लेखकहरुका कृति प्रकाशन गराउने ।
(घ)         उत्कृष्ट अन्य भाषाका रचनाहरुलाई अनुवाद गराउने र प्रकाशित गर्ने ।
(ङ)          नेपाली भाषाको संरक्षण तथा संवर्धन गर्ने व्यक्तित्वहरुलाई सम्मानित गर्ने ।
(च)         छन्दोबद्ध अथवा गेय कविताहरुको गीतिबद्ध क्यासेट तयार गराउने ।
(छ)         बालसाहितयको सृजना गर्ने साहित्यकारलाई प्रोत्साहित गर्ने र बालसाहित्य सम्बन्धी श्रव्य–दृश्य सामग्री तयार गराउने ।
(ज)         साहित्यिक पत्र–पत्रिका प्रकाशित गर्ने तथा साहित्यिक पत्रकचारितालाई प्रोत्साहित गर्ने ।
(झ)        साहितयकारहरुको जन्मदिनमा स्मृति दिवस मनाउने ।
(ञ)         साहित्यकार र साहित्यसम्बन्धी व्याख्यान आयोजना गर्ने ।
(ट)          स्वदेशी तथा विदेशी समान उद्देश्यका संस्थाहरुसित आपसी सम्बन्ध राखी नेपाली भाषा साहित्यको विकास र प्रचार प्रसारमा प्रयत्नशील रहने ।

(३)          संस्थापक संरक्षक

यस संस्था उद्देश्य प्राप्तिका लागि निम्नलिखित महानुभावहरु रहनु भएको एउटा संस्थापक संरक्षक स्थायी समिति हुनेछ ।

१)            प्रा. शिवरत्न उपाध्याय
२)           श्रीमती बीना उपाध्याय
३)           डा. रामरत्न उपाध्याय
४)           डा. इन्दिरा उपाध्याय
५)           श्री निरञ्जनकुमार रिमाल
६)            श्री अरविन्दकुमार रिमाल
७)           श्री सचिन उपाध्याय
८)           डा. सत्यम उपाध्याय

(४)          प्रबन्ध समितिको

संस्था दर्ता (रजिष्ट्रशन) ऐन, २०३४ अनुसार (बमोजिम) यस संस्थाका प्रबन्ध समितिमा रहनुभएका सदस्यहरुको नामावली निम्नलिखित बमोजिम रहेको छ ।

 

क्र.सं.

नाम

ठेगाना

पेशा

१.

डा. रामरत्न उपाध्याय, अध्यक्ष

भनिमण्डल जावलाखेल ल.पु.

चिकित्सक

२.

श्री अरविन्दकुमार, उपाध्यक्ष

बिजुलीबजार, काठमाडौं

अधिकृत योजना आयोग

३.

डा. इन्दिरा रिमाल उपाध्याय, कोषाध्यक्ष

भनिमण्डल जावलाखेल ल.पु.

करिष्ठ बालरोग विशेषज्ञ, कान्ति बालअस्पताल

४.

श्री शरदचन्द्र शर्मा, भट्टराई, सदस्य

रातोपुल, काठमाडौं

साहित्यकार

५.

डा. भूपहरि पौडेल, सदस्य

सानोठिमी, भक्तपुर

उप–प्राध्यापक, पद्मकन्या बहुमुखी क्याम्पस

६.

डा. सत्यम उपाध्याय, सदस्य

भनिमण्डल जावलाखेल ल.पु.

चिकित्सक

७.

श्री मधुसूदन उपाध्याय, सचिव

सृजनानगर भक्तपुर

समाजशास्त्री, पूर्व प्राचार्य ग्रा.वि. प्रशिक्षण केन्द्र नेपालगञ्ज


(५)         आर्थिक श्रोत

                यस संस्थाको आर्थिक श्रोत निम्नबमोजिम हुनेछ

(क)         संस्थापक सदस्यहरुले स्थापना गरेको अक्षयकोष
(ख)        सदस्यता शुल्कबाट प्राप्त रकम
(ग)         संस्थापक–संरक्षक सदस्य तथा अन्य स्वदेशी तथा विदेशी संस्थाहरुबाट तथा व्यक्तिहरुबाट प्राप्त भएको रकम
(घ)         पुस्तक प्रकाशन, बिक्री आदिबाट प्राप्त भएको रकम
(ङ)          समय–समयमा प्रबन्ध समितिको तजबीजद्वारा प्राप्त रकम

(६)          कार्यालयको ठेगाना

यस संस्थाको कार्यालय ललितपुर उप–महानगरपालिका वडा नं. ४ मा रहनेछ ।
मिति २०५८।१२।२८
...............
भवदीय
अध्यक्ष

प्रस्तावना
ओझलमा परेका कवि पं. नेरन्द्रनाथ रिमालका छोरा र परिवारका सदस्यहरुले आफ्नो पिता र अन्य कविका कृतिहरुको संरक्षण सम्बर्धन तथा यस्तै अन्य साहित्यिक क्रियाकलापद्वारा नेपाली भाषाको सेवा गर्ने पवित्र उद्देश्य राखी “कवि पं. नरेन्द्रनाथ वाङ्मय निधि” नाम भएको यो संस्थाको आरम्भ गरेका छन् ।

परिच्छेद – १
प्रारम्भिक

१.             संक्षिप्त नाम र प्रारम्भ

१.१           यस संस्थाको नाम “कवि पं. नरेन्द्रनाथ रिमाल वाङ्मय निधि” रहने छ ।
१.२          यस संस्थाको विधानको नाम “कवि पं. नरेन्द्रनाथ रिमाल वाङ्मय निधि नेपालको विधान २०५८” रहने छ ।
१.३          यस विधानमा उल्लेखित कुराहरु सबै सदस्यहरु स्वीकृति प्रदान गरिएको मितिबाट लागू हुनेछ ।
१.४          यो विधान सम्बन्धित अड्डाबाट स्वीकृति प्रदान गरिएको मितिबाट लागू हुनेछ ।

२.         परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो नियमावलीको –
२.१          “संस्था” भन्नाले “कवि पं. नरेन्द्रनाथ रिमाल वाङ्मय निधि” लाई जनाउने छ ।
२.२         यस संस्थाको छोटकरी नाम “नवानि” हुनेछ ।
२.३         “विधान” भन्नाले “कवि पं. नरेन्द्रनाथ रिमाल वाङ्मय निधि २०५८” लाई जनाउने छ ।
२.४         “प्रबन्ध समिति” भन्नाले संस्थाका साधारण सभाबाट निर्वाचित भई यस विधानअनुसार गठन भएको कार्यकारी समितिलाई जनाउने छ ।
२.५        “संस्थापक–संरक्षक सदस्य” भन्नाले यो विधान दर्ता गराउने बेलामा दिएको निवेदन–पत्रमा नाम भएका व्यक्ति र त्यसपछि यस विधान–अनुसार सहवरण भई आएका व्यक्तिलाई जनाउने छ ।
२.६         “साधारण सभा” भन्नाले संस्थापक संरक्षक समिति र यस विधान अनुसार सस्थाको सदस्यता प्राप्त व्यक्तिहरुको भेलालाई बुझाउने छ ।
२.७        “असाधारण सभा” भन्नाले संस्था दर्ता हुँदाका बखत निवेदन–पत्रमा हस्ताक्षर गर्ने व्यक्ति र त्यसपछि यो नियमावली बमोजिम संस्थाका सदस्य बनाइने व्यक्तिलाई बुझ्नुपर्दछ ।
२.८         “प्रबन्ध सदस्य” भन्नाले संस्था दर्ता हुँदाका बखत निवेदन–पत्रमा हस्ताक्षर गर्ने व्यक्रि र त्यसपछि यो नियमावली बमोजिम संस्थाका सदस्य बनाइने व्यक्तिलाई बुझ्नुपर्दछ ।
२.९         “अध्यक्ष” भन्नाले यस विधान बमोजिम साधारण सभाले निर्वाचित गरेको व्यक्रिलाई बुझ्नुपर्दछ ।
२.१०       “सचिव” भन्नाले साधारण सभाद्वारा निर्वाचित व्यक्तिलाई बुझ्नुपर्दछ ।
२.११        “कोषाध्यक्ष” भन्नाले प्रबन्ध समितिका सदस्यहरुले छानी पठाएका व्यक्तिलाई बुझ्नुपर्दछ ।
२.१२       “नियम” भन्नाले संस्था दर्तासम्बन्धी समय समयमा जारी भएको नियम र यस विधान अन्तर्गत कार्य सम्पादन गर्न प्रबन्ध समितिले बनाएको नियम (उपनियम) हरुलाई बुझ्नुपर्छ ।
२.१३       “स्थानीय अधिकारी” भन्नाले प्रमुख जिल्ला अधिकारीलाई जनाउने छ ।

(३)          संस्थाको चिन्ह र छाप

३.१          संस्थाको निम्नबमोजिमको आकार–प्रकारको आफ्नो छुट्टै छाप हुनेछ । यसको नमुना अनुसूची–१ मा छ ।
३.२         उक्त छाप समितिको सचिवको नियन्त्रणमा रहनेछ ।

(४)          संस्थाको कार्यालय

यस संस्थाको कार्यालय ललितपुर उप–महानगरपालिका वडा नं. ४ मा रहनेछ ।

परिच्छेद – २
उद्देश्य

(५)         संस्थाको उद्देश्य


कवि कवि पं. नरेन्द्रनाथ रिमालको स्मृतिमा एउटा कोष स्थापना गरी नेपाली भाषाको उत्कर्षका निमित्त निम्न लिखित कार्यहरु गर्नेछ ।

(क)         नेपालसाहित्य र संस्कृतीका लागि विभिन्न योगदान गर्ने स्वदेशी वा विदेशी लेखकहरुलाई प्रोत्साहन वा सम्मान दिने ।
(ख)        भाषासम्बनधी शोध कार्य गर्नेहरुलाई आर्थिक सहयोग गर्ने ।
(ग)         ओझेलमा परेका कवि र लेखकहरुका कृति प्रकाशन गराउने ।
(घ)         उत्कृष्ट विदेशी भाषका रचनाहरुलाई अनुवाद गराउने र प्रकाशित गर्ने ।
(ङ)          नेपाली भाषाको संरक्षण तथा सवर्धन गर्ने व्यक्तित्वहरुलाई सम्मानित गर्ने ।
(च)         छन्दोबद्ध अथवा गेय किविताहरुको गीतिबद्ध क्यासेट तयार गराउने ।
(छ)         बालसाहितयको सृजना गर्ने साहित्यकारलाई प्रोत्साहित गर्ने र बालसाहितयसम्बन्धी श्रव्य–दृश्य सामग्री तयार गराउने ।
(ज)         छापाखाना तथा प्रकाशनसम्बन्धी स्वीकृत लिई साहित्यिक पत्र–पत्रिका प्रकाशित गर्ने तथा साहित्यिक पत्रकारितालाई प्रोत्साहित गर्ने ।
(झ)        महत्वपूर्ण साहित्यकारहरुको योगदानको प्रचार मूलक जन्म वा स्मृति दिवस मनाउने ।
(ञ)         साहित्यकार र साहित्यसम्बन्धी व्याख्यान आयोजन गर्ने ।
(ट)          स्वदेशी तथा विदेशी समान उद्देश्यका संस्थाहरुसित आपसीसम्बन्ध राखी नेपाली वाङ्मयको विकास र प्रचार–प्रसारमा प्रयत्नशील रहने ।

परिच्छेद – ३
सदस्यता

(६)          सदस्यको योग्यता

(क)         अठार वर्ष उमेर पूरा गरेको हुनुपर्नेछ ।
(ख)        कुनै सामाजिक संस्थाबाट आचरणविरुद्ध कारबाहीमा नपरेको हुनुपर्नेछ ।
(ग)         कुनै अपराधको अभियोगमा नलागेको हुनुपर्नेछ ।
(घ)         नेपाली नागरिक हुनुपर्नेछ ।

(७)         सदस्यताको प्रकार

संस्थामा निम्न प्रकारका सदस्यहरु रहने छन् ।

(क)         संस्थापक संरक्षक सदस्य (आजीवन सदस्य)
(ख)        प्रबन्धक सदस्य
(ग)         मानार्थ सदस्य

(८)          सदस्यहरुको कार्यकाल

(क)         संस्थापक संरक्षक सदस्यहरुको कार्यकाल आजीवन रहनेछ । कुनै सदस्य नरहेको खण्डमा रिक्त रहेको ठाउँमा भएका संस्थापक संरक्षक सदस्यहरुले सहवरणद्वारा अर्को सदस्य मनोनित गर्न सक्नेछन् ।
(ख)        प्रबन्धक सदस्यहरुको कार्यकाल ५ वर्षको् रहनेछ । यो सो अवधि पछि निज पुनः छानिन सक्ने छन् । प्रबन्धक सदस्य साधारणसभाका सदस्यहरुको बहुमतले छानिएको हुनुपर्नेछ ।
(ग)         मानार्थ सदस्यको मनोनयन प्रबन्ध समितिले गर्नेछ । तर यस्ता सदस्यले मतदानमा भाग लिन पाउने छैनन् ।

(९)          सदस्यको आयोग

संस्थाको उद्देश्य विपरीत कार्य गरेमा वा संस्थाको अहित हुने कार्य वा सदस्यताबाट त्यागपत्र दिएमा वा तीनपटक लगातार साधारण सभामा अनुपस्थित भएमा त्यस्ता सदस्यको स्थान रिक्त हुनेछ ।

परिच्छेद – ४
साधारणसभा तथा कार्यसमिति
(१०)


४.१          साधारणसभाको गठन

संस्थापक संरक्षक सदस्यहरु र संस्थाको साधारण सदस्इता प्राप्त गरेका व्यक्तिहरु संस्थाको साधारण सदस्य हुनेछन् ।

४.२         गणपूरक संख्या

साधारण सभाको गणपूरक संख्या ५०% भन्दा बढीको उपस्थितिलाई मानिनेछ ।

४.३         सभाको अध्यक्षता

साधारण सभाको् अध्यक्षता अध्यक्षले गर्नेछन् र अध्यष नभएको खण्डमा साधारण सभाले बहुमतको आधारमा छानेको सदस्यले गर्ने छन् ।

(११)         साधारणसभाको बैठक

सधारणसभाको बैठक कम्तिमा वर्षको एकपटक बस्नेछ ।

(१२)        साधारणसभाको काम

(क)         सधाराणसभाले आफूमध्येबाट प्रबन्ध समितिका सदस्यहरु र पदाधिकारीहरु छान्नेछ ।
(ख)        पुरस्कार वा सम्मान दिनका लागि व्यक्ति वा रचनाहरुको छनोट गर्न एउटा “छनोट समिति” को गठन गर्नेछ । विषय फरक–फरक भएमा ए भन्दा बढी पनि छनोट समिति हुन सक्नेछ ।

(१३)        कार्य समितिको गठन


१.             साधारणसभाले आफूभमध्येबाट अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र कम्तिमा ३ जना सदस्यसहितको ७ जना सदस्य रहेको एउटा प्रबन्ध समिति गठन गर्नेछ । यो ४ जना पदाधिकारीमध्ये ३ जना संस्थाकि संरक्षकबाट नै हुनुपर्ने छ ।

(१४)        कार्य समितिको बैठक

अध्यषको सहमतिअनुसार सचिवले आफ्नो अभिभारामा रहेको कार्य सम्पनन गर्न समय–समयमा बैठक बोलाउन सक्नेछन् ।

(१५)       प्रबन्ध समितिको काम कर्तव्य र अधिकार

१.             संस्थाको उद्देश्य अनुरुप आवश्यक पर्ने सबै काम गर्ने अभिभारा कार्य समितिमा रहनेछ ।
२.            प्रबन्ध समितिका अध्यक्षले सहमतिमा आवश्यक भएको बेलामा प्रबन्ध समितिका सचिवले बैठक बोलाउन सक्नेछन् ।
३.            प्रबन्ध समितिको बैठकका लागि बहुमत पुगेको संख्या गणपपूरक संख्या मानिनेछ ।
४.            साधारणसभाले पारित गरेका निर्णयहरु कार्यान्वयन गर्ने ।
५.           संस्थाको वार्षिक कार्यक्रम तयार पारी साधारणसभामा पेश गर्ने र छलफल गराउने ।
६.            संस्थाको वार्षिक आयव्ययको विवरण तयार गरी साधारणसभाबाट पारित गराई आर्थिक कार्यान्वयन गर्ने ।

परिच्छेद – ५
पदाधिकारीको काम, कर्तव्य तथा अधिकार

(१६)        पदाधिकारीहरुको नम, कर्तव्य र अधिकार निम्नलिखित बमोजिम हुनेछ

१.             अध्यक्षको काम, कर्तव्य र अधिकार

(क)         प्रबन्ध समितिको बैठकको अध्यक्षता गर्ने ।
(ख)        बैठकमा कुनै प्रस्तावमाथि निर्णय गर्दा पक्ष, विपक्षको मत बराबर बराबर पर्न आएमा अध्यक्षले आफ्नो निर्णय पक्ष वा विपक्षमा दिन सक्नेछन् ।
(ग)         सचिव र कोषाध्यक्षलाई सल्लाह र निर्देशन दिने ।
(घ)         कारणवश आफू अनुपस्ति रहनुपर्ने कसैलाई अध्यक्षता गर्न तोकीदिने ।

२.            सचिवको काम, कर्तव्य र अधिकार

(क)         अध्यषको निर्देशनअनुसार बैठक बोलाउने ।
(ख)        प्रबन्ध समितिको बैठक सञ्चालन गर्न अध्यक्षलाई सहयोग गर्ने ।
(ग)         संस्थाको कागज–पत्रहरु र माइन्यूट बुक आदिको जिम्मा लिने ।
(घ)         अन्य सरकारी, गैरसरकारी, स्वदेशी, विदेी संस्थाहरुसँग आवश्यक लेखापढी गर्ने ।
(ङ)          साधारणसभाद्वारा पारित निर्णयहरुको कार्यान्वयनमा अध्यक्षलाई सघाउने र आफूले पनि गर्ने ।

३.            कोषाध्यक्षको काम, कर्तव्य र अधिकार

(क)         संस्थाको सबै किसिमका नगदी तथा जिन्सीको जिम्मा लिने र त्यसको श्रेस्ता ठीक दुरुस्त राख्ने ।
(ख)        प्रत्येक वर्ष संस्थाको आयव्यय विवरण तयार पार िसाधारणसभामा सचिव मार्फत पेश गर्ने ।
(ग)         प्रबन्ध समितिको निर्णयअनुसार कोष बृद्धिको लागि गरिएका निर्णयहरु कार्यान्वयन गर्ने ।
(घ)         साधारणसभा वा प्रबन्ध समितिको निर्णयानुसार लेखापरीक्षण गराउन लगाउने ।

परिच्छेद – ६
आर्थिक व्यवस्था

(१७)       आर्थिक श्रोत

१.             संस्थाको आर्थिक श्रोत निम्न बमोजिमको रहनेछ


(क)         सदस्यता शुल्क
(ख)        विभिन्न दातृसँग, संस्थाबाट प्राप्त अनुदान सहयोग
(ग)         अक्षयकोषबाट आर्जित व्याज
(घ)         तर विदेशी व्यक्ति तथा संस्थाबाट सहयोग लिनु परेमा श्री ५ को सरकारको पूर्व स्वीकृति लिइनेछ ।

२.            हिसाब–किताब राख्ने र जाँच गराउने कार्यप्रणाली

(क)         उपरोक्त श्रोतहरुबाट प्राप्त रकमहरु संस्थाको नाममा खाता खोली बैंक दाखिला गरी प्रबन्ध समितिको बैठकले स्वीकृत गरेको बजेट व्यवस्थाअनुसार अर्च गरिनेछ ।
(ख)        उपरोक्त हिसाब–किताबको परीक्षण प्रबन्ध समितिले बैठकबाट तोकेको श्री ५ को सरकारद्वारा मानयता प्राप्त लेखा परीक्षकबाट गराइने छ ।
(ग)         अध्यक्षको सामान्य रेखदेखमा कोषको सम्पूर्ण जिम्मेगवारी कोषाध्यक्षको हुनेछ ।

परिच्छेद – ७
विविध


(१८)        निर्वाचनसम्बन्धी व्यवस्था

साधारण सभाले प्रत्येक ५ वर्षको लागि बहुमतद्वारा आफ्ना सदस्यहरु मध्येबाट कार्यकारिणी समितिको गठन गरी अध्यक्ष, सचिव र कोषाध्यक्ष तोकिने छ । निर्वाचनसम्बन्धी विस्तृत व्यहोरा पछि बनिने नियमावलीमाप कार्य कारिणी बैठकबाट पारित गरी कार्यान्वयन गरिनेछ ।

(१९)        उम्मेदवार हुन अयोग्यता

१.             सामाजिक पक्षबाट तथा श्री ५ को सरकारको तर्फबाट समेत कुनै अभियोग लाञ्चना लागेको ।
२.            १८ (अठार) वर्ष उमेर नपुगेको ।

(२०)       अविश्वासको प्रस्ताव

कुनै पनि पदाधिकारी वा सदस्यले गैर जिम्मेवारी कार्य गरेको देखिएमा सो पदाधिकारी वा सदस्यलाई साधारण सभाले आफ्नो सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतले अविश्वासको प्रस्ताव पास गरेर सो पदबाट हटाउन सकिने छ र त्यस्तो प्रस्ताव उपर विचार गर्दा साधारणसभाले सो हटाउन खोजिएको पदाधिकारी वा सदस्यलाई आफ्नो बचाऊ गर्न र सफाईको प्रमाण पेश गर्न मौका दिइनेछ ।

(२१)        विधान संशोधन

संस्थाको विधान संशोधन गर्न आवश्यकता पर्न आएमा सो कुरा सधारण सभामा पेश गरी सो सभाका सम्पूर्ण सदस्यहरुको दुई तिहाई बहुमतले पारित गरेमा स्थानीय अधिकारीको पूर्ण स्वीकृति लिई संशोधन विधान लागू हुनेछ ।

(२२)       नियम बनाउने

यस विधानमा उल्लेख गरिएका कार्यहरु गराउन संस्थालाई आवश्यक पर्ने कर्मचारीहरु बहाल गर्ने सेवा, शर्त र सुविधाका व्यवस्था गर्न समेत यस विधान सथा प्रचलित कानुनअन्तर्गत रही सधाराणसभाले नियम बनाउन सक्नेछ ।

(२३)       खोजी र बचाउ

यो विधानमा व्यवस्था भएका कुराहरु सोही विधानअनुसार र नभएका कुराहरुका हकमा प्रचलित कानुनबमोजिम हुने । :

(२४)       संस्थाको  वघटन

संस्थाले विधान बमोजिम कार्य गर्न नसके वा कुनै कारणवश कानुन बमोजिम संस्थाको विघटन भएमा संस्थाको सम्पूर्ण चल अचल सम्पत्तिको स्वामित्व श्री ५ को सरकारमा जानेछ ।

(२५)      विविध

१.             यो संस्था साहित्यिक संस्था हो ।
२.            यो संस्था राजनीतिबाट अलग रहने छ ।
३.            यो संस्था कुनै जाति वा वर्ग विशेषको हुने छैन ।
४.            संस्थाको उद्देश्य प्राप्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका संघ–संस्थासँग सम्पर्क तथा समन्वय राखी कार्य गर्न सक्नेछ ।
५.           संस्थाले आफ्नो पवित्र उद्देश्यका बारेमा प्रचार प्रसार गर्न सक्नेछ ।

(२६)       निष्क्रियता

यस विधानमा जेसुकै लेखिएको भएतापनि प्रचलित नेपालको कानुनसँग बाझिएका कुराहरु बाझिएको हदसम्म स्वतः निष्क्रित हुनेछन् ।

नरेन्द्र वाङ्मय निधिका संस्थापक सदस्य्

१)            प्रा. शिवरत्न उपाध्याय
२)           डा. भूपवहरी पौडेल
३)           प्रा. घटराज भट्टराई
४)           श्री शरदचन्द्र शर्मा भट्टराई
५)           नायब बडागुरुज्यू डा. माधव भट्टराई
६)            प्रा. पुरुषोत्तम दहाल
७)           श्री भवानी घिमिरे
८)           डा. रामरत्न उपाध्याय
९)            श्रीमती बीना उपाध्याय
१०)          डा. इन्दिरा उपाध्याय
११)          श्री निरञ्जनकुमार रिमाल
१२)         श्री अरविन्दकुमार रिमाल
१३)         श्री सचिन उपाध्याय
१४)         डा( सत्यम उपाध्याय
१५)         श्री मधुसूधन उपाध्याय

© प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित