महत्वपूर्ण सुचनाहरु :

रिमाल समाजकाे अाठाै साधारण सभा सम्पन्न

अाठाै साधारण सभादेशभर छरिएर रहेका रिमालवंशकाे वार्षिक साधारण सभा यही भाद्र ३० गते नविनकला मन्दिरमा सफलतापुर्वक सम्पन्न भएकाे छ । यस साधारण सभामा अछाम देखि पाचथर सम्मका १८ जिल्लाका रिमालहरू प्रतिनिधीहरू उपस्थीत रहनु भएकाे थियाे । कार्यक्रम रिमाल समाजका केन्द्रिय अध्यक्ष डिल्लीराम रिमालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे भने रिमाल समाजका संरक्षक डा.रामरत्न उपाध्याय रिमाल, संरक्षक गाैरीनाथ रिमाल, प्रमुख सल्लाहकार लक्ष्मण प्रसाद रिमाल सल्लाहकार वरिष्ठ इन्जीनियर शंकरनाथ रिमालकाे उपस्थीती रहेकाे थियाे ।

कार्यक्रमकाे शुरूमा यस वर्ष दिवंगत हुनु भएका नाटककार तथा गायक मुर्धन्यकलाकार हरिप्रसाद रिमाल लगाएत अन्य बन्धुहरूकाे सम्झनामा एक मिनेट माैन धारण गरी शुरूवात गरीएकाे थियाे ।  

अाठाै साधारण सभारिमाल समाजकाे अाठाै साधारण सभामा कार्यक्रम संचालन केन्द्रिय कार्य समितीका उपाध्यक्ष श्री यम बहादुर रिमालले गर्नु भएकाे थियाे । कार्यक्रमकाे स्वागत मन्तव्य वरिष्ठ इन्जिनियर शंकरनाथ रिमालले गर्नु भएकाे थियाे भने काेषाध्यक्ष श्री सुरेश कुमार रिमाल र महासचिव श्री रवि रिमालले अार्थिक प्रतिवेदन तथा कार्य प्रगती विवरण तथा अागामी कार्याेजना प्रस्तुत गर्नु भएकाे थियाे । 

यस्तै साेही कार्यक्रममा नवलपरासी बाट गाेविन्द रिमाल, िचतवन बाट लालु प्रसाद रिमाल, नुवाकाेट बाट रामहरी रिमाल, दाेलखा बाट सूर्य प्रसाद रिमाल, पर्वतबाट झलक रिमाल स्याङजा बाट महेश्वर रिमाल ले अा अाफ्नाे जिल्लाकाे रिमालहरूका गतिविधी र रिमाल समाजले अवका दिनमा खेल्नु पर्ने भुमिका का वारेमा सारगर्भिक भनाइ हरू राख्नु भयाे । 

साेही अवसरमा रिमाल वंशावलीकाे मुल सुत्रधार ९४ वर्षिय श्री लक्ष्मण प्रसाद रिमालले देश भरका रिमालहरू एकजुट भएर रिमाल समाजले परिकल्पना गरे अनुसार विवरण हरू दिन र सधै एकजुट भएर अगाडी बढ्न सन्देश दिनु भयाे । 

रिमाल समाजकाे वार्षिक नियमित कार्यक्रम अनुसार याे वर्ष पर्वत जिल्ला का ९१ वर्षिय भुवानी शंकर रिमाल लाइ जेष्ठ रिमाल द्वारा रिमाल समाजका प्रमुख सल्लाहकार ९४ वर्षिय लक्ष्मण प्रसाद रिमालले सम्मान गर्नु भएकाे थियाे । 

त्यस्तै रिमाल समाज िभत्र रहेर उल्लेख्य याेगदान गर्ने रिमालहरू मध्ये याे वर्ष राजनैतिक समालाेचक तथा प्रगतीशील लेखक साहीत्यकार अरविन्द नाथ रिमाललाइ रिमाल समाजका संरक्षक श्री डा. राम रत्न उपाध्याय रिमालले दाेसल्ला माला तथा सम्मान पत्रका साथ सम्मान गर्नु भयाे ।   

अाठाै साधारण सभायस्तै यस वर्षकाे एसइइ परिक्षा अन्तर्रग तर्फ स्थापक विद्यालय तर्फ LALIGURANS NATIONAL ACADEMY   बाट परिक्षामा सामेल भइ सिम्बाेल नं. ०९००९१७ काे अंकीता रिमाल जसले ३.९५ जिपीए प्राप्त गरीन भने   सामुदायीक विद्यालय NAV JAGRIT MA VI TILAHAR बाट परिक्षामा सामेल भइ सिम्बाेल नंं ८५३००४४ कि शर्मीला रिमाल ले ३.८४ जीपीए प्राप्त गरेकी थिइन उनलाइ निर्मल निरा काेषकाे तर्फबाट निरा रिमाल उहाकी छाेरी सुमा अर्याल र छाेरा सुमिर कुमार रिमालले दाेसल्ला माला सम्मान पत्रका साथमा नगद पुरस्कार सहित सम्मान गर्नु भएकाे थियाे ।    

यस्तै यस वर्षकाे एसइइ परिक्षा अन्तर्रगत लमजुङ जिल्लाबाट  स्थापक विद्यालय तर्फ  UNIVERSAL ACADEMY ESISHAHAR - 3 बाट परिक्षामा सामेल भइ सिम्बाेल नं.0400652का BISHAL RIMAL जसले  3.9 भने लमजुङ जिल्लाबाटै सामुदायीक विद्यालय तर्फ GANGA MILAN MA VI MAKAIDANDA बाट परिक्षामा सामेल भइ सिम्बाेल नं.0400389 का SONIKA RIMAL जसले  3.35 जीपीए प्राप्त गरेकी थीइन उनलाइ रिमाल समाजका अध्यक्ष डिल्लीराम रिमाल ज्यूबाट सम्मान गरीएकाे थियाे । 

साधारण सभामा काेषाध्यक्षकाे अार्थीक प्रतिवेदन र महासचिवकाे कार्य प्रगती विवरण पास गरीएकाे थियाे । 

याे वर्षकाे साधारण सभाले २०७५ साल सम्म मा सम्पुर्ण सबै क्षेत्रमा रहनु भएका रिमालहरूकाे वंशावली शंकलन कार्यलाइ  तदारूकताका साथ अगाडी बढाइउन र सेवा सुविधा र भत्ता दिनु पर्ने अवस्था भए पनि अावस्यक व्यवस्था मिलाउन अध्यक्ष रिमालले बताउनु भयाे । २०७६ सालकाे वैशाख महिनामा वंशावली प्रकाशीत गर्ने पनि उहाले बताउनु भयाे । 

फाेटाेहरूकाे लागी यहा क्लीक गर्नुहाेस